सामाजिक फीड-
जनकपुरधाम, पुस २१ गते ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत निुक्त भएका छन् । निर्वाचन आयोगले मधेस प्रदेशमा रहेको ३२ वटा निर्वाचन क्षेत्रसहित देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत नियुक्त गरेको हो । जसमा मधेस प्रदेशमा एक जना महिला मात्र निर्वाचन अधिकृतमा नियुक्त भएकी छन् ।
सर्वोच्च अदालतमा कार्यरत इजलास अधिकृत नुतन झालाई पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको जिम्मा दिइएको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको हो।
७७ वटै जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्यायसेवाका अन्य ८८ सहसचिव र उपसचिवलाई निर्वाचन अधिकृतमा खटाइएको हो ।
माघ २ गतेदेखि कार्यालय स्थापना गरी उनीहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम सुरु गर्न भनिएको छ । निर्वाचन कार्यतालिकाअनुसार ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने छ ।