Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते ।

नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् ।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हुलाकमार्फत राजीनामा पत्र पठाएका हुन् ।

पूर्व अध्यक्ष माओवादी केन्द्रलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा अन्सारीले एक हिन्दी गीतको अंश उद्धृत यो गीत अब तपाईंको स्मृतिमा मात्र मात्र बाँकी रहने उल्लेख गरेका छन् । उनले पार्टीले साहस, इमानदारी र जोखिम उठाउने राजनीतिक चरित्र त्यागिसकेको आरोप लगाउँदै आफू त्यस्तो विरोधाभासको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन् ।

अन्सारी तत्कालीन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेशसभामा विश्वासको मत लिन पेश गरेको प्रस्तावमा पार्टीको निर्णयविपरीत उभिएका थिए । त्यस क्रममा उनले रोष्टममा सम्बोधन गर्दै जेनजी आन्दोलनपछि व्यवस्था परिवर्तन भए पनि अवस्था नबदलेको टिप्पणी गरेका थिए । उनले सार्वजनिक रूपमा अपराध स्वीकार गरेको भन्दै आफ्नै मुखमा कालोमोसो दलेका थिए ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा अन्सारी पर्सा निर्वाचन क्षेत्र नं। १ ९१० बाट ७ हजार ८१७ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *