सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।
सर्लाहीको मलंगवा बजार बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले हिरासतमा लिएका उनीहरुसंग सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोजकुमार राईका अनुसार बुधबार बिहान मलंगवा बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
बिहान केहीबेर बजारमा तनाव जस्तै भए पनि अहिले अवस्था सामान्य छ रहेको उनले बताए । प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।
मलंगवाको बजार आंशिक खुले पनि अधिकांश व्यापारीले बन्द गरेका छन् । मलंगवामा बिहान बजार बन्द गराउँदै हिँडेकाहरू पक्राउ परे पनि अन्य जिल्ला शान्त रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी गोविन्द थपलियाले बताए ।