जनकपुरधामबाट स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा
सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । धनुषा प्रहरीले स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजनालाई जनकपुरधामबाट पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० प्रादेशिक अस्पताल पछाडि […]
मधेश प्रदेशः बुवाको हत्या गरेको आरोपमा २२ वर्षीय छोरा पक्राउ
सामाजिक फीड जनकपुरधाम , चैत्र ७ गते। बुवाको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २२ वर्षीय छोरालाई पक्राउ गरेको छ । घरायसी विवादमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका वडा नं.३ का २२ वर्षीय लालदेब सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका […]
सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ
सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ परेका छन्। सिन्धुलीको तीनपाटन गाउँपालिका १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दी बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्बाददातासमेत हुन्। उनले कमलामाई […]
जनकपुरधाममा बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने
सामाजिक फीडजनकपुरधाम , चैत्र ७ गते । जनकपुरधाममा आगामी बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने भएको छ । बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भुप्रसाद साहले प्रतियोगितामा कम्तिमा ३२ वटा पालिका सहभागी हुने जानकारी दिए । न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा […]
मधेसका धेरै भूभागमा वर्षा
सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते। लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ। कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । बिहानदेखिसिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
वीरगञ्जबाट लागूऔषधसहित चार जना पक्राउ
सामाजिक फीड-जनकपुरधाम, चैत ६ गते । वीरगञ्जबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट दुईजना र वडा नम्बर १५ को चालीस फिट्टे नजिकैबाट २ जना गरी ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहमा चितवन भरतपुर– १७ शारदानगर बस्ने २४ वर्षका अमित गुरुङ र सोही ठाउँकी २४ वर्षीया सुनिता विक […]
लुटपाट गर्ने योजना बनाउँदै थिए सर्लाही बाट पक्राउ परेका दुईजना डाँका, यसरी प्रहरीले पक्रियो
सामाजिक फीडजनकपुरधाम , चैत्र ६ गते सर्लाही प्रहरीले पक्राउ गरेका भारतका मस्ट वान्टेड दुई जना डाँका आरोपी ७ वटा घटनामा संलग्न भएको खुलेको छ। सोमबार राति सर्लाही प्रहरीले भारत बिहार सीतामढी थाना सैयारा ग्राम बस्ने २८ वर्षीया सन्नी कुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट एक […]
पर्सामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
सामाजिक फीडजनकपुरधाम, चैत्र ६ गते । पर्साको ठोरीमा जंगलमा घास काट्न गएका बेला बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । आक्रमणबाट ठोरी गाँउपालिका( ४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको कुसुमबाटिका बन उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए । मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला जंगलबाट आएको बाघले आक्रमण […]
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताको मृत्यु
समाजिक फीडजनकपुरधाम, चैत्र ६ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवा नेताकोमृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ का ३५ वर्षीय कैलास साह छन् । उनी लोसपाका भंगहा-५ का अध्यक्ष तथा निर्माण व्यवसायी हुन् । उनी सबार मधेश प्रदेश ०२(००७ प ४२६४ नम्बरको मोटरसाइकल सोमबार राति जनकपुर(ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका ६ स्थित […]
मधेश प्रदेशमा बढ्न थाले गर्मी
समाजिक फीडजनकपुरधाम, चैत्र ५ गते । मधेश प्रदेशमा केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार जनकपुरको तापक्रम ३५.२ डिग्री सेल्सियस, धरानको […]