रौतहटमा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ

सामजिक फीड-जनकपुरधाम, माघ १३ गते । सशस्त्र प्रहरीले प्रतिबन्धित तथा उत्तेजक प्रकृतिका औषधिसहित गौर भन्सार कार्यालयको मुख्य ढाँटबाट एक जनालाई पक्राउ गरेको छ। राजपुर नगरपालिका ६ बस्ने ३८ वर्षीय रामनारायण यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताए । सोमबार दिउँसो नियमित जाँचमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शङ्कास्पद अवस्थामा बोकेको झोला […]
राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान जनकपुरधाम राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा बिहान ११ बजेसम्म १६३ जनाले मतदान गरेका छन्। रिक्त हुन लागेको चार सिटका लागि मधेस प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार बिहान ११ बजेसम्ममा मतदान गर्नेहरूमा १०८ जना […]
रौतहटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, फागुन ९ गते । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गौर-पिपरा सडकखण्ड अन्तरगत राजदेवी नगरपालिका पथरामा प्र २-०३-०१८ प २३४६ र बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिकाका अशोक महतो र राजदेवी नगरपालिका २ का अरविन्द महतोको मृत्यु भएको प्रहरीले जनाएका हुन् […]
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवार बढी, ८८ जना स्वतन्त्र दलगत ५५

सामाजिक फीड-जनकपुरधाम,माघ ८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लामा दलगत उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ। जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा गरी ८८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने संख्या भने ५५ जनामात्र रहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा १२ […]
सीके राउत नहटेपछि उपेन्द्रको क्षेत्र परिवर्तन, सप्तरी-२ छाडेर ३ मा पुगे

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आएर आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। लामो समयदेखि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त क्षेत्र नछाड्ने अडान लिएपछि पछि हटेका हुन्। राउतको अडानपछि यादव अब सप्तरी निर्वाचन क्षेत्र नम्बर […]
धनुषा २ मा नेकपाको तर्फबाट झाले दर्ता गराए उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्व स्थानीय विकासमन्त्री समेत रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि झाले जनताको पक्षमा काम गर्ने बताए ।
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए । थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि […]
खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ […]
लेटाङमा १० दिने सडक सवारी सुरक्षा अभियान

सामाजिक फीड- जनकपुरधाम, माघ ३ गते । मोरङको लेटाङ नगरपालिका क्षेत्रभित्र “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२” सुरु भएको छ । इलाका प्रहरी कार्यालय, लेटाङले माघ १ गतेदेखि माघ १० गतेसम्मको लागि सञ्चालन गरेको अभियानमा सडक सुरक्षा सम्बन्धि ठाउँबाट संकेतसहितको होडिङ्बोर्ड, पर्चा वितरण, सचेतना कक्षा, चम्किलो स्टिकर टास्ने लगायतको काम गरिने जनाएको छ । सडक […]
राजबिराज आउँदै गरेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । विराटनगरबाट राजबिराज आउँदै गरेको ट्रक सुनसरीमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ।बिहीबार बिहान साढे ५ बजे हुलाकी राजमार्गबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले भोक्राहा नरसिंह गाउँपालिका ८ मा ट्रक अनियन्त्रित भई […]