Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।

आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना तयार पारेको छ।

प्रहरीका अनुसार जिल्लाभर रहेका कुल १६७ मतदानस्थललाई फागुन १७ गतेसम्म सीसीटीभी प्रणालीसँग जोडिने व्यवस्था गरिएको छ। यस प्रणालीमार्फत मतदानस्थलहरूमा निरन्तर निगरानी राखेर फागुन २१ गते हुने मतदान प्रक्रियालाई अझ सुरक्षित, पारदर्शी र मर्यादित बनाउने लक्ष्य राखिएको छ।

पर्सा प्रहरी प्रवक्ता डिएसपि हरिबहादुर बस्नेतले जानकारी दिनुभयो कि सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायहरूसँगको समन्वय प्राथमिकतामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय र आम नागरिकको सहयोगको अपील गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *