Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १० गते ।

रौतहटमा दुई समुदाय बिच उत्पन्न भएको परिस्थितिमा मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले यस घटनाको अनुगमन गर्न एक टोली आजै गौरतर्फ पठाएको छ ।

आयोगले सदियौं देखी सामाजिक सद्भाव कायम रहँदै आएका विभिन्न जात, धर्म, संस्कृती र सम्प्रदाय बिचमा पछिल्ला दिनहरुमा बढ्दै गएका तनावपूर्ण कृयाकलापहरुले मानव अधिकारका विभिन्न पक्षहरु प्रभावित भएको भन्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

आयोगले फागुन ७ मा रौतहटको सवगढामा हिन्दू र मुस्लिम समूहबिच विवाद भए पश्चात उत्पन्न परिस्थितीका कारण फागुन २१ मा हुने निर्वाचनका कार्यक्रमहरु समेत प्रभावित भएको जनाएको छ ।
आयोगले मत माग्ने, प्रचारप्रसार गर्ने, मतदाता शिक्षा प्रदान गर्ने लगायत निर्वाचनका अन्य कार्यक्रमहरु यस घटनाले प्रभावित भएको जनाएको हो ।

द्वन्दपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोले उत्पन्न परिस्थिती र मानव अधिकारका पक्षहरुमा पर्न गएको प्रभाव अनुगमन गर्न आयोगले टोली पठाएको हो ।

गौरमा उत्पन्न परिस्थितीको शान्तिपूर्ण समाधान गर्न र सामाजिक, धार्मिक सदभाव कायम गरी निर्वाचनका गतिविधिहरु सञ्चालन गर्न वातावरण निर्माणका लागि आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधामले सबै पक्षहरुसँग अपील गरेको उपसचिव जीवन न्यौपानेले जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *