Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १३ गते ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नं। १ अन्तर्गत जिल्ला अदालत गौर परिसर र गौर कारागार परिसर तथा क्षेत्र नं। ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो।

ती अस्थायी केन्द्रहरूमा जगेडामा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीहरूले मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। प्रत्येक अस्थायी मतदान केन्द्रमा दुई–दुई जना कर्मचारी खटाइने जनाइएको छ।

गौर कारागार प्रमुख प्रदीप पौडेलका अनुसार कारागारमा ६३ जना कैदीबन्दी मतदाता नामावलीमा सूचीकृत छन्। उनीहरूका लागि कारागार परिसरमै अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ।

रौतहटका चार निर्वाचन क्षेत्रमा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र कायम छन्। जिल्लामा १८ वटा पालिका रहेका छन् भने यस वर्ष कुल चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *