Samajik Feed – News Portal from Nepal

एकतर्फ बाटो नहुँदा महोत्तरीमा जिविसबाट बनेको पुल ७ वर्षदेखि प्रयोगबिहीन

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । महोत्तरीको भंगहा नगरपालिका ५ र ४ को बीचमा रहेको बडहडी खोलामा ७ वर्षअघि बनाइएको पुल हालसम्म अलपत्र परेको छ । पुलको पूर्वतिर सडक नहुँदा ७ वर्षदेखि सर्वसाधारणले पुल प्रयोग गर्न सकेका छैनन् । वर्षामा बाढी आएपछि आवतजावत ठप्प भएर स्थानीयहरूलाई कष्टको सामना गर्नु परेको स्थानीय समिर मन्सुर गुनासो पोख्छन् […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको हुने

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिटको व्यवस्था प्राप्त गरेको छ। यसका साथ मधेश प्रदेशमा सरकारी तहमा पहिलोपटक चिकित्साशास्त्रको उच्च शिक्षा सुरु हुन लागेको छ। प्राप्त ५० सिटमध्ये ७५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ, जसले गर्दा मधेश प्रदेशका बहुसंख्यक विद्यार्थीहरूलाई यो अवसर प्राप्त हुने अपेक्षा […]

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते। आज तराई मधेश क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइँदै छ । यो पर्वमा व्रतालु दिनभरि उपवास बसेर साँझपख भगवान गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।भदौ शुक्ल चतुर्थीको दिन चन्द्रमाको पूजा गर्दा विभिन्न कलंकबाट मुक्ति पाइने धार्मिक विश्वास छ। छठपछि मधेशको दोस्रो ठूलो पर्व रुपमा मनाइने चौरचनमा साँझको समयमा […]

बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी

बिशाल बस्नेत- महोत्तरी, भदौ २० गते । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानिय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन   । निर्माणस्थलमा झण्डै ९ […]

सिडिओ कार्यालय धनुषाबाट आशादेवीले एक वर्षपछि पाइन् नागरिकता प्रतिलिपी

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते धनुषा जिल्ला, टेश्वर गाउँपालिका-१ की ५१ वर्षीया आशादेवी मण्डलले एक वर्षपछि अन्ततः आफ्नो नागरिकता प्रतिलिपि पाउन सफल भएकी छिन्। जिल्ला प्रशासन कार्यालय धनुषामा आज पुनः वडा सिफारिस र अनुसूचीसहितको निवेदन पेश गरेपछि केही बेरमै जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी हुन् । आशादेवी र उनका श्रीमान रामदेव मण्डलले नागरिकता […]

महोत्तरीमा १४ जनालाई टोक्यो स्याल र कुकुर

रासस-महोत्तरी, भदौ १८ गते । महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार […]

पिकअपको ठक्करबाट रौतहटमा एक व्यवसायीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते ।  मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ । सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका  ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा […]

जनकपुरधामको होटेल राज घरानामा कर्मचारीको मृत्यु

सामाजिक फीड जनकपुरधाम,भाद्र १६ उपमहानगरपालिका वडा नम्बर २ जनकचोकस्थित होटेल राज घरानामा एक कर्मचारी शंकास्पद अवस्थामा मृत फेला परेका छन्। मृतक महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय राजकुमार श्रेष्ठ हुन्। गत शुक्रबार विहान करिब ९ बजेको समयमा शौचालयमा श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको हो। होटेलका अन्य कर्मचारीहरूले उनलाई शौचालयमा बेहोस अवस्थामा […]

नेपाल आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

सामाजिक फीड जनकपुरधाम, भदौ १४ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा आज बिहान एक कर्मचारीको हत्या भएको छ । ज्यालादारीका कर्मचारी सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश वर्माको हत्या भएको हो । घटना बिहान साढे १० बजे आयल निगमको एक कोठामा विवादको क्रममा भएको हो । इलाका प्रहरी कार्यालय सखुवा […]

कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ ।  दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन् । सहमतिअनुसार नयाँ कमला […]

error: Content is protected !!