जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ
सामाजिक फीड-जनकपुरधाम, वैशाख ३० गते । जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर रहेको धनुषा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको छ । दुवैजनाको साथबाट लुटेको ८० लाख मध्ये १४ लाख ५३ हजार बरामद गरेको प्रहरीले जनाएको छ । गत […]
मधेश सरकारबाट एमाले पनि बाहिरियो
जनकपुरधाम, ३० वैशाख। नेकपा एमाले पनि मधेश सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए […]
मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार
समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् । राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट […]
धनुषाबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, वैशाख ३० गते । धनुषाबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए । उनका अनुसार दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम […]
करेन्ट लागेर एक जनाको मृत्यु
सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगरकी २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा […]
धनुषाको कमला नदीको तटमा विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी
सामाजिक फीडजनकपुरधाम, वैशाख २८ गते । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । आज साँझहवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ। बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेको छ । श्रद्धालुको भागदौडमा लडेर एक […]
वीरगञ्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमाले परित्याग
सामाजिक फीड, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेपाल एमाले परित्याग गरेका छन् । सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् । पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै उनले अध्यक्ष केपीशर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका छन् । ०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने […]
स-शर्त अनुदानमा मधेश सरकारले विभेद गरेको माओवादीको आरोप
सामाजिक फीड, जनकपुरधाम, २७ वैशाख । नेपाल माओवादी केन्द्रले मधेश सरकारले सशर्त अनुदान वितरणमा विभेद गर्दै आएको आरोप लगाएको छ । मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले शुक्रबार अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो आरोप लगाएका हुन् । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् […]
जितपुर सिमरा -३ का वडा अध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर
सामाजिक फीडजनकपुरधाम, बैशाख २८ गते । बाराको जितपुर सिमरा उप-महानगरपालिकाका वडाध्यक्ष भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन । सेवाग्राहीसँग घुस लिँदैगर्दा रंगेहात जितपुर सिमरा उपमहानगरपालिका( ३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन । बिहीबार कार्कीलाई विशेष अदालतले दोषि ठहर गरेको हो। २०८० पुष २ गते हेटौंडास्थित अख्तियार टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका(३ का वडाध्यक्ष […]
मधेशमा डाँका चोरी बढ्यो
सामाजिक फीडजनकपुरधाम , बैशाख २८ गते । मधेश प्रदेशमा पछिल्लो समय चोरी र डाँका घट्नामा वृद्धि भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार २०८० साउनदेखि चैतसम्ममा १४ वटा डाँकाचोरीको घटना भएका छन् । २०७९–०८० मा तराईमा २६ वटा डाँकाचोरीका घटना भएका थिए । २०८० साउनयता ९ महिनामा १४ वटा डाँकाचोरी भएको भएको प्रदेश प्रहरी […]