Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।

विश्वासको मतका लागि मुख्यमन्त्री यादवले पठाएनन् प्रदेशसभामा पत्र जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि अहिले सम्म प्रदेशसभा सचिवालयमा पत्र पठाएका छैनन् ।

सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । तर आदेशको १७ घण्टाभन्दा  बितिसकेको पनि विश्वासको मत लिने सम्बन्धी पत्र मुख्यमन्त्रीले  मधेश प्रदेशसभामा अझै पठाएका छैनन्।

प्रदेशसभा सञ्चालन नियामावलीमा २४ घण्टाअगावै विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेशसभामा पठाउनुपर्ने प्रावधान छ। सर्वोच्च अदालतले राति साढे ८ बजे प्रदेश प्रमुखको कार्यालय जनकपुरधाम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मधेश प्रदेशसभालाई पत्र पठाएको उप–सभामुख बबिता राउत ईशरले जानकारी दिइन्।

यता, नेकपा एमालेकी प्रदेशसभा सदस्य सारदा देवी थापाले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा प्रदेशस्तरमा कुनै तयारी वा छलफल नभएको बताइन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *