Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।

सर्वोच्च अदालतको परमादेश जारी भएको २४ घण्टाभित्र विश्वासको मत नलिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

उनले आज साँझ ५:३० बजे आफ्नो सरकारी आवासमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेका छन्।

विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे आज दिनभर यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका थिए।

सर्वोच्च अदालतको परमादेश आज राति ८ बजे प्रदेशसभा मुख्यमन्त्री कार्यालयमा इमेलमार्फत आइपुगेको छ। यदि यादवले विश्वासको मत नलिने र राजीनामा पनि नगरेको खण्डमा, आजै राति ८ बजे उनी पदमुक्त हुने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *