Samajik Feed – News Portal from Nepal

मधेशमा ११ महिनामा ९ अर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च, असारको १८ दिनमै ३ अर्ब ३२ करोड रुपैयाँ निकासा

सामाजिक फीड– जनकपुरधाम,असार १९  गते । चालु आर्थिक वर्षका पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च गरेको मधेश प्रदेश सरकारले आर्थिक वर्ष सकिनै लागेको अन्तिम महिना असार सुरु भएयता १८ दिनमै ३ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्षको अन्तिममा हुने असारे खर्चु फेरि दोहोरिँदा बजेट कार्यान्वयन, सरकारी संयन्त्रको कार्यक्षमता र खर्चको […]

मधेशमा छोरीका लागि खरिद गरिएका करोडौँका साइकल खिया र माकुराको जालमा गोदाममै थन्किए, बेमतलबी बन्यो सरकार

सामाजिक फीड– जनकपुरधाम,असार १६  गते । हजारौँ किशोरीलाई विद्यालयसम्म पुर्‍याउने उद्देश्यले खरिद गरिएका करिब पाँच हजार साइकल जनकपुरस्थित मधेश प्रदेश सरकारको गोदाममा वर्षौंदेखि धुलो माकुराको जालो र खियासँगै थन्किएका छन्। सरकारको चरम लापरवाही, राजनीतिक प्रतिशोध र प्रशासनिक निकम्मापनका कारण ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो चर्चित कार्यक्रम नै अलपत्र परेको छ। एक समय मधेश प्रदेशकै नमुना सामाजिक […]

मधेशमा खेती बढ्यो तर आँप उत्पादन घट्यो, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम,असार १२  गते । मधेस प्रदेशमा आँपखेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहे पनि यस वर्ष उत्पादन भने उल्लेख्य रूपमा घटेको छ। किसानले उन्नत जातका बिरुवा रोप्ने, बगैँचा व्यवस्थापन सुधार्ने र सिँचाइ सुविधामा लगानी बढाउने क्रम जारी रहे पनि प्रतिकूल मौसम र रोग–कीराको प्रकोपले उत्पादनमा ठूलो असर परेको कृषि विज्ञहरूको भनाइ छ। यसले क्षेत्रफल विस्तार मात्रले कृषि […]

मधेशबाट १२ नेता केन्द्रीय सदस्यमा विजयी, खुलातर्फ जित्ने मनिष झा एक्ला नेता

सामाजिक फीड– जनकपुरधाम,असार १२  गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट मधेश प्रदेशबाट १२ जना नेता मात्रै केन्द्रिय सदस्यमा जित्न सफल भएका छन् । तीमध्ये एकजना मात्रै खुलातर्फबाट विजयी भएका छन । बाँकी सदस्यहरु भुगोलतर्फ प्रादेशिक क्लस्टर, समावेशी मधेशी क्लस्टर, मुस्लिम तथा राष्ट्रिय खुला समूहबाट गरी पार्टीको नयाँ केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । […]

जनकपुरधामसहित धनुषाका तीन स्थानीय तहले ल्याउन सकेनन् बजेट, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम,असार ११ गते । धनुषाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नीति, कार्यक्रम तथा बजेट निर्धारित समयभित्र सार्वजनिक गर्न सकेका छैनन्। जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले तोकिएको मितिमा नगरसभा सम्पन्न गर्न नसक्दा बजेट प्रस्तुत हुन सकेको छैन। जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साहले नगरसभा हुन नसक्नुको स्पष्ट कारणबारे आफूलाई जानकारी नभएको […]

बटेश्वरमा युवाको नेतृत्व विकासका लागि “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हँदै

सामाजिक फीड– जनकपुरधाम,असार १० गते । धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरूको नेतृत्व, सञ्चार सीप तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हुने भएको छ। बटेश्वर युवा सञ्जालको आयोजनामा सञ्चालन हुने कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका एसईई उत्तीर्ण युवाहरू सहभागी हुन सक्नेछन्। दुई दिने कार्यक्रममार्फत नेतृत्व विकास, सञ्चार सीप, संघीयता तथा स्थानीय […]

गरुडामा पल्सर चोरी गर्ने दुई युवक आधा घण्टामै प्रहरीको फन्दामा

सामाजिक फीड– जनकपुरधाम,असार १० गते । रौतहटको गरुडा नगरपालिका-४ बाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले चोरी भएको करिब ३० मिनेटमै बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढीमाई नगरपालिका-६ का २० वर्षीय अनिलकुमार साह र सोही स्थानका २० वर्षीय रामनारायण यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार मंगलबार […]

खुला दिसामुक्त घोषणाको आठ वर्षपछि पनि धनुषाको मुसहर बस्तीमा छैन शौचालय

सामाजिक फीड– जनकपुरधाम,असार ९ गते । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसकेको छ। तर धनुषाको सहिदनगर नगरपालिका-५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार अझै पनि खुला स्थानमा शौच गर्न बाध्य छन्। सरकारले सरसफाइ अभियानअन्तर्गत अर्बौं रुपैयाँ खर्च गरेको दाबी गरे पनि विपन्न दलित बस्तीमा आधारभूत सरसफाइ सुविधा पुग्न सकेको छैन। पचहर्वा मुसहर बस्तीकी […]

एक सातादेखि सम्पर्कविहीन पूर्ववडाध्यक्षको खोजीमा प्रहरी

सामाजिक फीड– जनकपुरधाम,असार ८  गते । धनुषाको सहिदनगर नगरपालिका-३ यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि सम्पर्कविहीन भएका छन्। गत आइतबार दिउँसो औषधि लिन जनकपुर जाने भन्दै घरबाट निस्किएका मण्डल त्यसयता परिवारको सम्पर्कमा आएका छैनन्। मण्डलकी भाउजू पार्वती मण्डलका अनुसार उहाँलाई विगत दुई महिनादेखि राति निद्रा नलाग्ने समस्या थियो र नियमित रूपमा औषधि सेवन गर्दै आउनुभएको थियो। औषधि […]

चुरे क्षेत्रमा बाघको त्रास, गोठभित्रै पसेर चौपाया मार्न थालेपछि स्थानीय आतंकित

सामाजिक फीड– जनकपुरधाम,असार ५  गते । महोत्तरीको बर्दिबास नगरपालिकाको चुरे क्षेत्र आसपासका बस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो समय गोठभित्रै पसेर पशुचौपाया मार्ने घटना लगातार हुन थालेका छन्। हालै बर्दिबास–३ पाटुडाँडाको दमार टोलमा स्थानीय रुपमाया खड्काको खोरमा पसेको वन्यजन्तुले एउटा बोको मारेको र अर्को बाख्रीलाई घिसारेर लगेर खाएको अवस्थामा फेला परेको छ। यसअघि […]