Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार १० गते ।

रौतहटको गरुडा नगरपालिका-४ बाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले चोरी भएको करिब ३० मिनेटमै बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका-६ का २० वर्षीय अनिलकुमार साह र सोही स्थानका २० वर्षीय रामनारायण यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार मंगलबार साँझ करिब ६स्३० बजे घर अगाडि पार्किङ गरी राखिएको बा.प्र.०२-०४१ प ३८४९ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धर्मपुरबाट खटिएको टोलीले गढीमाई नगरपालिका-६ स्थित धरमपुर गाउँबाट बाहिरिने एकमात्र पुलमा निगरानी बढाएको थियो। साँझ ७ बजे गरिएको चेकजाँचका क्रममा चोरी भएको मोटरसाइकलसहित दुवै आरोपीलाई नियन्त्रणमा लिन सफल भएको डीएसपी आचार्यले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *