सामाजिक फीड–
जनकपुरधाम,असार १० गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरूको नेतृत्व, सञ्चार सीप तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हुने भएको छ। बटेश्वर युवा सञ्जालको आयोजनामा सञ्चालन हुने कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका एसईई उत्तीर्ण युवाहरू सहभागी हुन सक्नेछन्।
दुई दिने कार्यक्रममार्फत नेतृत्व विकास, सञ्चार सीप, संघीयता तथा स्थानीय शासन, मतदाता अधिकार, युवा सहभागिता, तथा लेखन लगायतका विषयमा विशेषज्ञद्वारा प्रशिक्षण प्रदान गरिनेछ। कार्यक्रमपछि सहभागी युवाहरूले तीन महिनासम्म विभिन्न सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउनेछन्।
कार्यक्रम २०८३ साल असार २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ। युवाहरूलाई सक्षम, सचेत र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा सहभागी हुन शुल्क लाग्ने छैन भने ५० जना युवा भन्दा बढी को सहभागिता रहने अपेक्षा गरिएको छ। बटेश्वर युवा सञ्जालले इच्छुक युवाहरूलाई आवेदन दिन आग्रह गरेको छ।
“बटेश्वरका युवाहरूलाई नेतृत्व, सीप र नागरिक चेतनासँग जोड्ने उद्देश्यले ‘उडान बटेश्वर युवा कार्यक्रम २०८३’ सञ्चालन गर्न लागिएको हो। युवाहरूलाई सिक्ने, नेतृत्व गर्ने र समुदायमा सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो,” बटेश्वर युवा संजालका संयोजक सरोज कुमार महतोले भने । बटेश्वरका युवाहरूलाई कार्यक्रममा सहभागी भई यस अवसरको सदुपयोग गर्न उनले आग्रह गरेका छन ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।