Samajik Feed – News Portal from Nepal

भारतबाट भित्र्याउँदै गर्दा २४ लाख बराबरको अवैध सामान रौतहटबाट बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । प्रहरी गस्ती टोलीले २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता […]

बारामा तेल ट्यांकरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । बाराको जितपुर मा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

रौतहटका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिना पछि पक्राउ

रौतहट,२ बैशाख । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो । अपराध क्षेत्रको मास्टरमाइण्ड […]

मिथिला क्षेत्रमा आज चैती छठ मनाइँदै

सामाजिक फीडजनकपुरधाम, बैशाख २ गते । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व […]

धनुषामा माइती गएकी एक महिलाको हत्या

सामाजिक फीडजनकपुरधाम बैशाख २ गते । धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने […]

रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी  करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्महत्या गरेका हुन्  । यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी […]

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको गोलबजार नगरपालिका–६ का ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो । बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित पुरनदाहाबाट धारापानीतर्फ जाँदै गरेको ना. ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको […]

सर्लाहीमा ५३ राण्ड गोली बरामद

सामाजिक फीड-जनकपुरधाम, चैत २९ गते । सर्लाहीमा ५३ राउण्ड गोली बरामद भएको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि गाडेर राखेको अवस्थामा के.एफ.७.६५ लेखिएको ५३ राण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय चन्द्रभुषण यादवको घरमा ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय बिजय महतोले संचालन […]

महोत्तरीबाट वडा सदस्यसहित दुईजना २० किलो गाँजासहित पक्राउ

महोत्तरी, चैत २९ गते । होत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास–१० बस्ने […]

छिन्नमस्ता गाउँपालिकाले किसानका लागि सिँचाइको महसुल तिरिदिने

सामाजिक फीड, राजविराज, २९ चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले […]