धनुषामा गहना लुट्न छिमेकी महिलाद्वारा महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २६ गते । धनुषामा गहना लुट्ने उद्देश्यले एक महिलाले आफ्नै छिमेकी महिलाको हत्या गरेकी छन् । धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार राति खेतमा विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बमका अनुसार मृतकको शव मंगलबार राति करिब […]
मधेस सरकार गठन विरुद्धको मुद्दा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २६ गते । मधेस प्रदेश सरकार गठन विरुद्ध दायर भएको रिटको सुनुवाइका लागि पेशी तोकिएको छ। प्रदेशसभाका दोस्रो ठूलो दल नेपाली कांग्रेससहित ७ दलको ७४ जना सांसदहरूले दायर गरेको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो। मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, […]
तनावपूर्ण माहोलबीच मुख्यमन्त्री सरोजकुमार यादवको पदभार ग्रहण

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार असहज परिस्थितिका बीच मधेश भवन पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणको क्रममा मधेश भवन बाहिर सात राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विरोधका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरी […]
पार्टीको निर्देशन अवज्ञा गर्दै राप्रपाकी विच्छा मधेस सरकारमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशनको अवज्ञा गर्दै मधेस प्रदेश सरकारमा मन्त्री बनेकी प्रदेशसभा सदस्य कञ्चन विच्छा आफ्नो अडान कायमै राखेकी छिन्। मुख्यमन्त्री सरोजकुमार यादवको मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनी निर्धक्क रूपमा सहभागी भएकी छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट नबाहिरिए कारबाही गर्ने चेतावनी दिएपनि उनले […]
मधेसमा एमाले नेतृत्वको सरकार गठनविरुद्ध मुद्दा सात दल सर्वोच्चमा
सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारविरुद्ध सात दलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मुद्दा दायर गर्न ७ दल […]
मधेसका कृषिका लागि लाइफलाइनको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोडिँदै

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेसको कृषिका लागि लाइफलाइनको रुपमा रहेको राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्न प्रक्रिया सुरु भएको हो । बाँध (हेडवक्र्स) लगायत संचरना बनाउने ठेकेदार कम्पनी पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो । पटेल–रमण जेभीले विद्युत गृहलगायतका सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका […]
शपथपछि उत्पन्न तनावका बीच मुख्यमन्त्री यादवको मधेश भवन प्रवेश, प्रहरीप्रति असन्तुष्टि

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज बिहानै मधेश भवन पुगेका छन्। सोमबार नियुक्ति र शपथलाई लिएर मधेश भवनमा उत्पन्न तनावपूर्ण अवस्थापछि उनले आज बिहानै भवन प्रवेश गरेका हुन्। प्रदर्शनका क्रममा भएको तोडफोडको अवलोकन गर्दै मुख्यमन्त्री यादवले सोमबारको घटनाप्रति र प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। उनले राष्ट्रिय झण्डाको अपमान, कर्मचारीमाथि […]
पूर्वपश्चिम राजमार्गमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ। आइतबार बेलुकादेखि नै सो क्षेत्रमा हात्ती देखिएपछि पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्र आतंकित बनेका थिए। सोमबार बिहान ८ बजे ना४ख १८३० नम्बरको ट्रकका चालकमाथि हात्तीले आक्रमण गर्दा ट्रकबाट हाम्फालेर भाग्ने प्रयासमा जितपुरसिमरा-१ का करिब ४० वर्षीय […]
एमाले नेतृत्वको सरकारविरुद्ध सात दलले सर्वोच्च अदालत जाने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । मधेस प्रदेश सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै नेपाली कांग्रेससहित सात दलले सर्वोच्च अदालत जाने भएका छन्। मुख्यमन्त्री निवासमा सोमबार बसेको सात दलको बैठकले अदालतमा जाने निर्णय गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए। यादवका अनुसार सात दलका ७४ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी समर्थन जुटाइसकेका […]
मधेश भवनमा एमाले बाहेकका दलको तोडफोड र प्रदर्शन, यस्तो छ भित्री सहमती

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै नाराबाजी गरेका छन । अहिले उनीहरुले प्रदेश प्रमुख र सरोज यादवविरुद्ध मधेश भवनभित्र टायर बालेर प्रदर्शन गरिरहेका छन । यसअघि मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ […]