Samajik Feed – News Portal from Nepal

मधेश सरकारको बजेट ४६ अर्ब ९८ करोड (पूर्ण पाठ)

सामाजिक फीड-जनकपुरधाम, असार १ गते । मधेश सरकारले भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात लगायत क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ९८ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेट ल्याएको हो । अर्थ मन्त्री सुनिल कुमार यादवले […]

मधेश सरकारले ल्याउँदै ४६ अर्बको बजेट

सामाजिक फीड- जनकपुरधाम, असार १ गते। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुतिका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । सरकारी स्रोतका अनुसार मधेश सरकारले यस वर्ष करीब ४६ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा […]

घरघरमा रोजगारसहित मधेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मधेश सरकारले घरघरमा रोजगारी दिने नीति लिएको छ । “हर हातमा सीप, हर […]

धनुषा एमाले अध्यक्षमा भोला यादव प्यानलसहित निर्वाचित

सामाजिक फीड-जनकपुरधाम, जेठ ९ गते । नेकपा एमाले धनुषाको जिल्ला अध्यक्षमा भोला यादव प्यालनसहित विजयी भएका छन् । ८ औँ अधिवेशनबाट महासेठ पक्षा भोला यादव २०२ मत अन्तरले निकटतम प्रतिद्वन्दी लक्ष्मीनारायण यादवलाई पराजित गर्दै विजयी भएका हुन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उपमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल पक्षरहुन् । भोलाले ४०२ मत ल्याएर विजयी हुँदा […]

एमालेको धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान

सामाजिक फीड– जनकपुरधाम, बैशाख २३ गते । एमाले ८ औं धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केहि नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत बैशाख २० देखि जनकपुरमा  जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइरहेको […]

यस्तो छ संघीय सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सामाजिक फीड-जनकपुरधाम, बैशाख १९ गते । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सरकारले वैदेशिक सहायता विकासका आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्ने बताएको छ। संरचनागत रुपान्तरण […]

अब मधेश सरकार एक करोडभन्दा कमको योजना नराख्ने

सामाजिक फीड जनकपुरधाम, चैत २६ गते । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कमका आयोजना तथा कार्यक्रम वार्षिक बजेटमा नसमेट्ने निर्णय गरेको छ। मधेश सरकार गठनपछि पहिलोपटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा ‘अब वार्षिक कार्यक्रममा समावेश गरिने सबै आयोजनाको न्यूनतम लागत एक करोड रुपैयाँ हुनुपर्ने’ नीतिगत […]

मधेश सरकारको योजना चिठीको बिक्रीबारे छानबिन समिति गठन हुने

सामाजिक फीड- जनकपुरधाम, चैत २१ गते । मधेश सरकारको योजना खरिदविक्री बारे छानविन समिति गठन हुने भएको छ । प्रदेशसभामा जारी गतिरोध अन्त्य गर्न दलहरूबीच छानविन समिति गठनसहित तीन बुँदे सहमति जुटेको छ । आज बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले योजना चिठीको अनधिकृत बिक्री र वितरण सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्ने निर्णय […]

प्रधानमन्त्री ओली मधेश प्रदेशसभामा संवोधन गर्ने

सामाजिक फीड-जनकपुरधाम, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेशसभामा संवोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली आगामी चैत २६ गते बस्ने प्रदेशसभा बैठकमा संवोधन गर्ने दलहरुबीच सहमति भएको छ । मधेश प्रदेशसभामा आज बिहान बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको संवोधनको लागि सदनको गतिरोध हटाउने सहमति गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी […]

काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । आज काठमाडौंमा दुई पक्षको प्रदर्शन भइरहेको छ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन हुन लागेको हो । राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । राजावादी समूहमा […]