Samajik Feed – News Portal from Nepal

सरोज कुमार महतो

जनकपुरधाम, असोज ७ गते ।

लेखिरहँदा मनमा डर छ । धेरैले गाली त गर्ने हैन नि ?

गरे पनि गरोस् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरीक जो छु । संविधान अनुसार ‘वाक’ स्वतन्त्रतको जो हक छ ।
साथै, आन्दोलनको एक उदेश्य पनि हो ।

कहिले देखि आन्दोलन सुरु भयो ठक्याकै समय त भन्न सकिला जस्तो छैन तर समाजिक संजाल बन्द भए पछि विस्तारै सल्किएको आगो हो ।
अर्थात हरेक कुराहरुको सुरुवात कतै न कतै योजना गरेर नै हुन्छ । यसको पनि योजना बन्ने होला । जसको बारेमा धेरै जना अनविज्ञ छ । अन्य कुरा भन्दा यस आन्दोलन योजना घर–घरबाट बुनेको होला जस्तो लाग्छ ।

आन्दोलनको अघिल्लो दिन, विभिन्न ठाउँमा छलफल भएको सुनेको थिए । भएको पनि थियो ।

आन्दोलनको मुख्य एजेण्डा के हो? मुख्य नेतृत्वकर्ता को हुँन्? भोलिको योजना के हो? कति बजे भेला हुने र कति बजे बानेश्वर पुग्ने लगायतका विषयमा छलफल भएको हो रे ।

कतिपय प्रश्न अनुत्तरित पनि रहेको थियो । सेप्टेम्बर ८ अर्थात पहिलो दिन, नसोचेको भिड आयो । माईतिघरबाट सुरु हुँदै बानेश्वर पुग्यो । त्यो दिन कसैले नसोचेको घटना घट्यो ।

१९ जनाको हत्या भयो । कसरी भयो? किन भया? दोषि के हो? लगायतको प्रश्न तिर म जान्न चाहन्न् । त्यसको छानविन भए पछि सत्यतथ्य पत्ता लाग्ला । तर, नहुनु पर्ने घटना घट्यो ।
अर्को दिन बिहानैबाट देशभरी प्रदर्शन भयो । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकको साथै व्यक्तिगत र कयौँ कार्यालयको विध्वँस् भयो ।
कसरी भयो? किन भया? दोषि के हो? लगायतको प्रश्न तिर म जान्न चाहन्न् ।

९ सेप्टेम्बर देशभरीमा नेपाल सेना परिचालन भयो । अधिकाँस जनताको मन पोले पनि देश केहि हद सम्म शान्त भयो ।
डर थियो, रवि ज्यु लगायत हजौर कारागारमा बस्ने कैदि फरार भयो । उसले अनिष्टत गर्ने हैन नि? जनमानसमा चिन्ता थियो ।
समाजिक संजालमा अधुरो सुचनाको बाढी नै हुने रहेछ । सजग भएर बस्नु पर्ने भयो ।

१० र ११ सेप्टेम्बरमा छलफल भई रह्यो । यहि बिचमा आन्दोलनको नेतृत्वकर्ताको उदय भयो । सँख्या धेरै देखियो ।
‘डिस्कोर्ड’ देखि लिएर अन्य ‘भर्चुअल’ माध्यबाट छलफल चलि रह्यो । एकासि देखिएको पुर्व प्रधानन्याधिस सुशिला कार्की ज्यु, देशको पहिलो महिला प्रधानमन्त्री हुने निश्चित् जस्तो भयो ।

निक्र्यौल ‘डिस्कोर्ड’ को भोटबाट भएको थियो । अधिकारी व्यक्तिले गरेको थियो कि अनधिकारी व्यक्तिले त्यो बुझ्न गाह्रो छ ।
प्रधानमन्त्रीको रुपमा सुशिला ज्यु लाई काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साह ज्युले मोहर लगाउनु भयो।
अन्तत् देशले पहिलो महिलो प्रधानमन्त्री पायो । देश निर्वाचनमा हुने भयो । प्रतिनिधिसभा विघटन भयो ।

मेरो चाहना अनुरुप केहि हद सम्म संविधान जोगियो । संविधान जोगिए पनि संघीयता, समानुपातिक समावेशिता, गणतन्त्र, विधिको शासन जागिु हो । जेन्जिले सुरुवात गरेको आन्दोलनको “एजेण्ड क्लियर” नभए पनि, समाजिक संजाल बन्द खुलाउने जुन खुल्यो । सरकारी ढाल्नु थियो, जुन ढल्यो । आफ्नो हिसाबले देशको नेतृत्व दिने सोच थियो, त्यो पनि भयो । संसद विघटन गर्नु थियो, त्यो पनि भयो । निर्वाचन गराउने र नयाँ नेतृत्व सृजना गर्ने थियो । यो पनि भयो ।

यतिमा सफल भएको हो?
मेरो मन कयौँ प्रश्नहरु उब्जिरहेको छ ।
म यसको केहि प्रश्नका उत्तर आफ्नै हिसाबले खोज्न कोशिस गरे ।
७४ जनाको मृत्यु भयो । खर्बौको क्षति भयो । यसो हेर्दा विभिन्न रुपमा १० वर्ष भन्दा बढी पछाडि भयो ।
यहीँ हो सफलता ?

सरकार नयाँ बन्यो । निवार्चन हुने नै हो । तोकिएको मितिमा होस् या पछि होस् । निर्वाचन भए पछि जेन्जि पुस्ताबाट कति जना नेतृत्वमा आउने होला यसो हिसाब गरौँ ।
२०७९ को निर्वाचनमा वैकल्पिक पार्टी भनिएको नाउपा, जनमत, रास्वपाबाट ३५ जना प्रतिनिधि सभा संसद भए । यसले सरकार बनाउन र सरकार ढाल्नमा भुमिका बाहेक आँकलझुकल भुमिका बाहेक खासै केहि गरेको छैन ।
२०८२ मा निर्वाचन भईरहँदा अहिलेको अवस्था केहि हद सम्म फरक छ । २०७९ को निर्वाचनमा वैकल्पिक पार्टीको सँख्यामा भन्दा दोब्बर ७० आउला । यसले चाहेको परिर्वतन हुने हो त ?

चाहेकोे परिर्वतन संविधान संसोधन हो । जसका लागि दुई तिहाईको संसाद चाहिन्छ ।
भ्रष्टचार मुक्त देश बनाउने हो । जसको लागि जनस्तरबाट र व्यक्ति स्वयंमबाट काम गर्न जरुरी छ । परिर्वतन सहजै कहाँ हुन्छ र, परिवर्तन गर्न समय लाग्छ र यो निरन्तर प्रक्रिया पनि हो ।

केहि क्षणमा हासिले गरेको सफलता लामो समय टिक्दैन भने कतै न कतै भनाई सुनेकै छ । सफल हुन् निरन्तर मेहनत गरिरहनु पर्छ ।
अहिले पाएको सफलातलाई कायम गर्नका लागि खबरदारी गरिरहनु पर्छ । नेतृत्वकर्तालाई राम्रो काम गरे वापत प्रशंसा गर्ने हो, नराम्रो काम वापत खबरदारी गर्ने हो ।

सफल हुन महत्वपुर्ण काम अब गर्ने पर्छ जस्तो देखिन्छ । निर्वाचन भन्दा अगाडि आ आफ्ना घरबाट राजनितिक शिक्षा दिन जरुरी छ । हाम्रो व्यवस्था बारे बुझाउन जरुरी छ । ७४ जना मृत्युको कारण बुझाउन जरुरी छ । जेन्जिले गरेको आन्दोलन बुझाउन जरुरी छ ।
अर्थात सुरुवात गर्न जरुरी छ ।

निर्वाचनबाट आउने प्रतिनिधिले आवश्यक कानून बनाएर र अन्य आफ्ना भुमिका बह्न गरेर मात्रै अझै सफल हुन्छ । यसका लागि सबैलाई निरन्तर आ आफ्ना भुमिका बहन गरिनु पर्छ ।
अनि बल्ल जेन्जि आन्दोलन सफल हुनेछ । ७४ जनाको सहादको उपलब्धि देखिनेछ ।

(स्तम्भकार महतो ब्लड फर नेपालका संस्थापक अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *