समाजिक फीड
जनकपुरधाम, असोज ८ गते ।
मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेसले सत्ता साझेदारीबाट बाहिरिने निर्णय गरेको छ । बुधबार प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने र समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले अब कांग्रेसले सरकारलाई समर्थन नगर्ने स्पष्ट पारे । उनले भने, “हामी व्यक्ति विशेष होइन, संस्था विशेषलाई समर्थन गर्ने दल हौँ । जनमत पार्टीले प्रतिपक्षको बेन्चमा बसेपछि परिस्थितिले हामीलाई पनि समर्थन फिर्ता लिन बाध्य बनाएको हो ।”
यसअघि जनमत पार्टीले पनि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयलाई पत्राचार गरिसकेको छ । यद्यपि मुख्यमन्त्री सतिशकुमार सिंहले भने राजीनामा दिन अस्वीकार गरेका छन् ।