Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।

नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

शपथ लिनेमध्ये राष्ट्रिय आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्व न्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियार रहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई विज्ञान तथा प्रविधि मन्त्री, सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्री, परियारलाई कृषिमन्त्री र खरेललाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रीका लागि सिफारिस गरेकी थिइन्।

यसै बीच, डा. संगीता मिश्राको शपथ ग्रहण भने स्थगित गरिएको छ। कर्मचारीहरूको विरोध र अख्तियारमा उजुरी परेको कारण उनकाे शपथ तत्कालका लागि ‘होल्ड’ गरिएको हो। अन्य नवनियुक्त मन्त्रीहरूले दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *