Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज ५ गते ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा कांग्रेसका पाँच जना पूर्वपदाधिकारीहरूको बैठक बसेको छ। बैठकमा सिंहका साथै विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका थिए।

सात जना पूर्वपदाधिकारीहरू सम्मिलित समूहको यो बैठकमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित रहे।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको बैठकले सभापति शेरबहादुर देउवा उपचारपछि फर्किएलगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गराउने निर्णय गरेको एक सहभागी नेताले जानकारी दिए।

त्यसैगरी, बैठकले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ। वर्तमान संकटको समाधानका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्ने निष्कर्ष बैठकले निकालेको ती नेताले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *