Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, असोज ७ गते ।

डा. संगीता मिश्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको मुद्दा अनुसन्धानको अन्तिम चरणमा रहेको भनी फैलाइएको हल्ला निराधार रहेको आयोगले स्पष्ट पारेको छ ।

विभिन्न संचारमाध्यममा उनी विरुद्ध मुद्दा दर्ता हुने लगायतका आधार दावी गरिएको समाचारहरुमा कुनै सत्यता नरहेको आयोगका केन्द्रिय प्रवक्ता राजेन्द्र कुमार पौडेल समाजिक फिडलाई बताएका छन् ।

अख्यिारले भन्दै नभनेका कुराहरु विभिन्न संचारमाध्यममा आएको समेत उनले दावी गरे । डा. मिश्रबारे हुँदै नभएका कुरा कहाँबाट बाहिर आएको भन्दै प्रवक्ता पौडेलले आश्चर्य समेत प्रकट गरे । ‘अख्तियारले आधिकारीक रुपमा यस्तो कुरा कहीँपनि बोलेको देखिएको छैन । म प्रवक्ता भएपनि आधिकारिक रुपमा यस्तो बोल भनेर कसैले भनेको छैन । यस्ता कुराहरु कहाँबाट जन्मियो मलाई पनि थाहा छैन,’ उनले भने, ‘अख्तियारमा मुद्दा जाने, मुद्दा मुद्दा लाग्ने भनी मिडियामा आएका कुराहरुबारे अरु नै संस्थाहरुकै चासो देखिएको छ । मिडियामा आएका कुराहरु सत्य होइन ।’
अख्तियारको अर्को उच्च स्रोतले पनि मिडियामा बाहिर आएका अधिकांस सूचना भ्रामक रहेको र अख्तियारलाई देखाएर स्वार्थ समूहले मिश्रको मन्त्री बन्ने बाटो रोकेको दावी गरे ।

डा. मिश्रविरुद्ध उजुरी परेर अनुसन्धान भएको कुरा सत्य भएपनि दुई वटै विषयमा चलिरहेका अनुसन्धानमा बलियो प्रमाण र आधार नभेटिएको अख्तियारका ती उच्च अधिकारीको भनाई छ ।
‘कोविरुद्ध अनुसन्धान हुँदैछ र कस्तो अनुसन्धान हुँदैछ भन्ने कुरा अत्यन्तै गोप्य रहन्छ । कुनै व्यक्तिमाथिको अनुसन्धान हामीले सरकारलाई यो वा त्यो भनेर जानकारी गराउने कुरा पनि होइन् । संवैधानिक अंगले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने र अभियोजनको बेला सबै कुरा सार्वजनिक हुने हो,’ अख्तियारका ती अधिकारीले भने, ‘उहाँ ९डा।संगीता० को हकमा यसको विपरित मिडिया ट्रायलदेखि स्वार्थ समूहले मुद्दा चल्ने अन्तिम चरणमा पुगेको दाबी गरिदिए । ‍यो सर्वथा गलत छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य क्षेत्रकी बिज्ञ डा। संगीतालाई बोलाएरै सरकारमा सहभागी हुन अनुरोध गरेपछि उनले अतिरिक्त सचिव पदबाट आइतबारै राजीनामा दिएकी थिइन । सोही दिन बसेको मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्री कार्कीले उनको राजीनामा समेत स्वीकृत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्तिका लागि सिफारिस गरेर राष्ट्रपति कार्यालयमा नाम पठाइन् । नाम सिफारिस भएको समाचार आउनासाथ मन्त्रीको स्वागतका लागि तयारी गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटा नै मिश्रलाई बन्नबाट रोक्न सक्रिय भएर लागे । स्वास्थ्य समाग्री किनबेच गर्ने व्यापारी, विचौलिया लगायातको प्रभावमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बरियताक्रम मिच्दै देवकोटालाई स्वास्थ्य सचिव बढुवा गरेको थियो ।

बरियताक्रम र कानून अनुसार डा. सगिता हुनुपर्नेमा ठूलो रकम कमिसनको चलखेल गरी देवकोटालाई सचिव बनाइएको त्यस बेला आरोप लागेको थियो । विभिन्न स्रोतका अनुसार सचिव देवकोटा र अघिल्लो स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गरेको अनियमितता ढाकछोप गर्न कांग्रेसका महामन्त्री गगन थापा समेतको दबाबमा उनलाई मन्त्रीबन्नबाट रोकिएको हो ।

मधेशी महिला भएकै कारणले डा. संगीतामाथि बारम्बार अन्याय भैरहेको भन्दै मधेशी समुदायका राजनीतिज्ञ, बुद्धिजिवी, युवा, विद्यार्थी, संचारकर्मीले सरकार विरुद्ध व्यापक आक्रोश पोखिरहेका छन । प्रधानमन्त्रीले उनलाई राजीनामा गर्न लगाइ मन्त्री नियुक्त नगरी उनीविरुद्ध षडयन्त्र गरेको भन्दै मधेशमा तिब्र असन्तुष्टि पोखिदैछ । केही युवाले सरकारको यो निर्णय विरुद्ध सडकमै उत्रिने तयारी समेत गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *