Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ५ गते ।

प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *