Samajik Feed – News Portal from Nepal

मधेशको जनलोकपाल आयोगमा नियुक्त भएका झा हत्याका अभियुक्त, होटेलमा यौनव्यसाय चलाएको पनि आरोप

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याका अभियुक्त रहेको पाइएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा पुर्पक्षमा जेल सजाय भोगेर साधारण तारेखमा रिहा भएका अभियुक्त हुन्। वडाध्यक्ष यादवको हत्या आरोपमा झासँगै दिलिप मण्डललाई २०८१ कात्तिक ६ गतेका […]

विवाद चर्किएपछि महोत्तरी र सर्लाहीमा रास्वपाको जिल्ला अधिवेशन रोकियो, सिरहामा चुनाव हुँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । विवाद चर्किएपछि महोत्तरी र सर्लाही दुबै जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महोत्तरीमा दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो। शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति […]

प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती : ओली

सामाजिक फीड– जनकपुरधाम, जेठ २०  गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिएका हुन। नेपालले कसैको एकइन्च जमिन पनि नमिचेको […]

समर्थन फिर्ता लिने चेतावनीपछि झुके मुख्यमन्त्री यादव, नेकपालाई अर्थ मन्त्रालय दिएर आज मन्त्त्रीपरिषद विस्तार गर्दै

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बार्गेनिङले ढिलाइ भएको मन्त्रीपरिषद विस्तार आज हुने भएको छ । सत्तारुढ तीन दलबीच भएको सहमति कार्यन्वयन र नेकपालाई अर्थ सहितको मन्त्रालय दिने सहमति पछि आज मन्त्रीपरिषद विस्तार हुन लागेको हो । तीनदलबीच सोमबार भएको १३ बुंदे सहमतिमा हस्ताक्षरपछि आज दिउँसो २ बजे एमालेबाट […]

गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई उनले गरे यस्तो आग्रह

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। यसबारे उनले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराइसकेका छन्। हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा रहेको छ। […]

मधेशमा एमाले सहितको तीनदलीय गठबन्धनको सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिन लागेका छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी […]

जिवनाथ चौधरीलाई सर्वोच्चको झड्का, भ्रष्टाचार मुद्दामा विचाराधीन रहेकाले उनी सरकारको सल्लाहकार बन्न नमिल्ने

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । भ्रष्टाचार मुद्दामा विचाराधीन रहेका वा दोषी ठहर भइसकेका व्यक्तिलाई सल्लाहकार नियुक्त गर्न नपाइने व्यवस्था गर्न सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेपछि परेको रिटमाथि […]

नयाँको नाममा सबै परम्परा भत्काउन खोजेपछि आफ्नै सरकारप्रति अमरेश सिंहको आपत्ति

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै कडा आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा तोड्ने नाममा संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको आरोप लगाए। संसदीय व्यवस्थामा बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री […]

मधेशमा जसपाको संसदीय दलको नेता को बन्ने विषयमा विवाद चर्कियो, यी हुन् प्रमुख दाबेदारहरु

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो । तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको […]

प्रधानन्यायाधीश नियुक्तिमा हर्कराज राईको आपत्ति,उपसभामुखप्रति पनि असन्तुष्ट

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउने प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति समेत खेद व्यक्त गरेका हुन्। राईले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। “गलत कार्यलाई […]