Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १२ गते ।

मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बार्गेनिङले ढिलाइ भएको मन्त्रीपरिषद विस्तार आज हुने भएको छ । सत्तारुढ तीन दलबीच भएको सहमति कार्यन्वयन र नेकपालाई अर्थ सहितको मन्त्रालय दिने सहमति पछि आज मन्त्रीपरिषद विस्तार हुन लागेको हो ।

तीनदलबीच सोमबार भएको १३ बुंदे सहमतिमा हस्ताक्षरपछि आज दिउँसो २ बजे एमालेबाट तीनसहित नेकपाबाट समेत अर्थमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने तयारी भएको छ । सहमति कार्यन्वयन र अर्थ सहित कम्तीमा तीनवटा मन्त्रालय नपाए सरकालाई दिएको समर्थन फिर्ता लिएर विपक्षीसंग मिलेर सरकार बनाउने नेकपाको चेतावनीपछि मुख्यमन्त्री अन्तस् झुकेका छन् ।

कांग्रेसले अर्थ मन्त्रालय छोड्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेकपालाई अर्थ मन्त्रालय दिन तयार भएका छन् । यसअघि नेकपाले नमानेपछि लागातार दुई दिन सपथ लिन आएका नेकपा एमालेका मन्त्रीहरु फर्केर जानु परेको थियोे । एमालेबाट शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबारदेखि नै मन्त्री नियुक्त र शपथ खुवाउने तयारी गरेका छन् ।

तर नेकपाको असन्तुष्टिका कारण सोमवार साँझ नेकपा एमालेबाट मन्त्रीको शपथ लिन बोलाइएका तीन जना सांसदहरू शपथ नै नलिई फर्केका छन् । यसअघि आइतबार साँझ समेत उनीहरू फर्केका थिए ।नेकपाको असन्तुष्टिका बारेमा तीन दलबीच सोमबार झन्डै अढाइ घण्टा वार्ता चलेको थियो । वार्तामा सहमतिका १३ बुँदे खाका तयार भएको छ । आज १३ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि मात्रै सरकार विस्तार गर्ने तयारी छ ।


यसअघि नौ बुँदे सहमति भएको थियो तर त्यसमा हस्ताक्षर भने भएको थिएन । त्यसैमा थपेर १३ बुँदे पुर्‍याइएको छ। सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धा मार्फत योजना कार्यान्वयन गर्ने, मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने, कानुनअनुसार म्याद सकिएका उपभोक्ता समितिका सम्पूर्ण चिठ्ठीहरूको रद्द गर्ने लगायत विषय उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *