Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २०  गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।

बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिएका हुन। नेपालले कसैको एकइन्च जमिन पनि नमिचेको भन्दै उनले प्रधानमन्त्री बालेनले दिएको ‘देश द्रोही अभिव्यक्ति मान्य नहुने बताए ।

प्रधानमन्त्री बालेनले नेपालले भारतको धेरै ठाउँमा जमिन मिचेको कुरा ‘असत्य, झुट, राष्ट्रघाती कुरा बोलेको र त्यो बोल्न नहुने उनको भनाई छ । यसका साथै उनले अरु देशलाई सीमा विवादमा जोड्नु जरुरी नभएको समेत उल्लेख गरेका छन ।
उनले छिमेकीहरुबीच कुनै विवाद पर्यो भने दुईपक्षीय बसेर समाधान गरिनुपर्ने उनले बताए। उनले नेपाली जनतालाई हेप्नका लागि यो भन्दा अरु ठाउँ नभएको टिप्पणी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *