सर्लाहीको हरिवनमा डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आयो

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध भएको छ। बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने डाइभर्सन बगाउँदा बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेका कारण पुरानो […]
मधेश प्रदेशः ब्राउन सुगरसहित तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । सिरहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी […]
सर्वोच्चको आदेशपछि केपी शर्मा ओली आज रिहा हुँदै

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार उनलाई जिम्मा जमानीमा छाड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। सरकारी वकिलको कार्यालयबाट आवश्यक कागजात आइसकेकाले प्रहरीले रिहाइको तयारी तीव्र बनाएको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापा का अनुसार ओलीलाई छाड्ने […]
सरकारले निजि विद्यालयहरुलाई भन्यो-शैक्षिक सत्रअघि विद्यार्थीसंग उठाएको सबै पैसा फिर्ता गर
सामाजिक फीड-जनकपुरधाम, चैत २५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकबाट असुलिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता ले बुधबार जारी गरेको विज्ञप्तिमार्फत कानुनविपरीत संकलित शुल्क विद्यार्थीलाई फिर्ता गर्न भनिएको हो। मन्त्रालयका अनुसार केही विद्यालयले अझै पनि प्रचलित कानुनविपरीत शुल्क उठाइरहेको गुनासो आएपछि गैरकानुनी रूपमा लिएको रकम […]
प्रधानमन्त्रीसँग एजेन्डागत सहकार्य गर्न कांग्रेस तयार, सांसद रञ्जित कर्णले गरे यस्तो प्रस्ताव

सामाजिक फीड-जनकपुरधाम, चैत २३ गते । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारसँग एजेन्डागत सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै राष्ट्रिय एकता र सहकार्यका लागि साझा एजेन्डा बनाउन आह्वान गरे। उनका अनुसार निर्वाचनअघि विचार र पार्टी फरक हुन सक्छन्, तर निर्वाचनपछि सबैको साझा लक्ष्य समुन्नत नेपाल र सम्मानित […]
सिरहा नगरपालिकाका मेयर श्रवण यादवको कुटपिटबाट कार्यालय सहयोगी घाइते

सामाजिक फीड-जनकपुरधाम, चैत २३ गते । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवमाथि कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोप लागेको छ। नगरपालिकामा कार्यरत ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवले आफूलाई मेयर यादवले लात-मुक्काले आक्रमण गरेको बताएका छन्। उनका अनुसार आज बिहान करिब ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टर पल्टाउँदै गर्दा मेयर यादव अचानक कार्यालयमा प्रवेश गरी गालीगलौज गर्दै कुटपिट […]
जलेश्वरको ब्रोदर्श कन्स्ट्रक्सन सहित ८ वटा निर्माण कम्पनी कालो सूचीमा, अबदेखि कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने

सामाजिक फीड-जनकपुरधाम, चैत २३ गते । समयमा काम सम्पन्न नगर्ने महोत्तरीको एक सहित ८ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। एक वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएका […]
आजदेखी सरकारी कार्यालय विहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने, हप्तामा दुई दिन विदा दिने निर्णय कहिलेसम्म टिक्ला ?

सामाजिक फीड-जनकपुरधाम, चैत २३ गते । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यन्वयन गर्दै सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम ९कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म० भने कार्यालय […]
नेपाल प्रहरीको सर्च अप्रेसनको क्रममा २२६ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २२ गते । नयाँ सरकार बनेपछि टोल-टोलमा बढ्दो गुन्डागर्दी र सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्न नेपाल प्रहरीले आक्रामक सर्च अपरेसनु सुरु गरेको छ।गत बुधबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा चलाइएको विशेष अभियानका क्रममा प्रहरीले २ सय २६ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही बढाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले […]
उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ९ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत २२ गते । उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उक्त भूकम्पका कारण ९ जनाको ज्यान गएको छ। उनले जानकारी दिएअनुसार काबुल प्रान्तमा एउटा घर भत्किँदा भित्र रहेका सबै ९ जनाको मृत्यु भएको हो भने एक बालक घाइते भएका छन्। भूकम्पको धक्का राजधानी काबुलमा समेत […]