Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
२२  गते ।

उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उक्त भूकम्पका कारण ९ जनाको ज्यान गएको छ।

उनले जानकारी दिएअनुसार काबुल प्रान्तमा एउटा घर भत्किँदा भित्र रहेका सबै ९ जनाको मृत्यु भएको हो भने एक बालक घाइते भएका छन्।

भूकम्पको धक्का राजधानी काबुलमा समेत महसुस गरिएको थियो। भूकम्प करिब १८६.४ किलोमिटर गहिराइमा गएको थियो र यसको केन्द्रबिन्दु ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको प्रारम्भिक रूपमा पहिचान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *