Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
२३  गते ।

समयमा काम सम्पन्न नगर्ने महोत्तरीको एक सहित ८ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

एक वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
सडक डिभिजन कार्यालय जनकपुरको सिफारिसमा महोत्तरीको जलेश्वरस्थित रहेको
ब्रोदर्श कन्स्ट्रक्सनलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी
सरकारले रोल्पा-२ तालाबाङमा रहेको लोक निर्माण सेवा तथा सप्लायर्स, काठमाडौँको सिल्क मार्केट प्राली, महोत्तरी जलेश्वरको , गोरखाको देवु निर्माण सेवा, चितवनको अर्भान कन्स्ट्रक्सन, काठमाडौँको सूर्यदीप छापाखान, काठमाडौँको धुलिखेल निर्माण सेवा र रुपन्देहीको हिमशिखर कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखेको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *