Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
२२  गते ।

नयाँ सरकार बनेपछि टोल-टोलमा बढ्दो गुन्डागर्दी र सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्न नेपाल प्रहरीले आक्रामक सर्च अपरेसनु सुरु गरेको छ।
गत बुधबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा चलाइएको विशेष अभियानका क्रममा प्रहरीले २ सय २६ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही बढाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सर्वसाधारणलाई सास्ती दिने बिचौलियादेखि सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने र गुन्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
अभियानको पहिलो दिन काठमाडौँ उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना पक्राउ परेपछि प्रहरीको यो सक्रियता बढेको हो। त्यसको भोलिपल्ट १९ गते कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट थप ४४ जना पक्राउ परे।
प्रहरीले आफ्नो अपरेशनलाई निरन्तरता दिँदै २० गते मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमबाट २४ जनालाई नियन्त्रणमा लियो भने २१ गते काठमाडौँ उपत्यकामा पुनः ६२ जनालाई पक्राउ गतेको हो ।

प्रहरीको प्राथमिकतामा बिचौलिया र ुटोल डनु विशेष गरी मालपोत र यातायात कार्यालय जस्ता सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा सेवाग्राहीलाई हैरानी दिने बिचौलियाहरू रहेका छन्।
प्रवक्ता काफ्लेले सार्वजनिक सेवा लिन जाने नागरिकलाई दुःख दिने र समाजमा अराजकता फैलाउने जोकोहीलाई पनि छुट नदिइने बताउँदै यो अभियान अहिलेलाई सुरुवात मात्र रहेको र यो अझै सशक्त रूपमा अघि बढ्ने बताए । प्रहरीले सार्वजनिक स्थलको सुरक्षा र सुशासन कायम गर्न सिभिल ड्रेसमा समेत टोली परिचालन गरी निगरानी बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *