Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २६ गते ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार उनलाई जिम्मा जमानीमा छाड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

सरकारी वकिलको कार्यालयबाट आवश्यक कागजात आइसकेकाले प्रहरीले रिहाइको तयारी तीव्र बनाएको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापा का अनुसार ओलीलाई छाड्ने प्रक्रिया अघि बढिसकेको छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्य अवस्था जटिल बनेपछि उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।

यसबीच ओलीकी पत्नी राधिका तथा तत्कालीन गृहमन्त्री रमेश लेखक की पत्नी यशोदाले आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र लेखकविरुद्धको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन दिएको थियो। साथै तोकिएको समयभित्र अनुसन्धान टुंगिन नसके शर्तसहित रिहा गर्न आदेश दिएको थियो।

यद्यपि अदालतले उनीहरूको हिरासतलाई कानूनसम्मत ठहर गर्दै बन्दी प्रत्यक्षीकरण आदेश भने जारी गर्न अस्वीकार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *