झापा-५ मा रास्वपाका बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। कमल गाउँपालिका-२ मा रहेको बालेन शाहको सम्पर्क कार्यालय रहेको घरको झ्यालको सिसा फुटेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सिसा फुटेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा […]
सप्तरी कारागारमा लागूऔषध र मोबाइल फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । सप्तरी कारागार कार्यालय राजविराजमा प्रतिबन्धित लागूऔषध र मोबाइल फेला परेको छ । राजविराज नगरपालिका ६ स्थित रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुलाई चेकजाँचका क्रममा लागूऔषध गाँजा र मोबाइल बरामद भएको हो ।चेकजाँचको क्रममा कैदी सुमित मण्डल र सुरज राउतको साथबाट लागूऔषध र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको कारागार […]
सर्लाहीमा कार दुर्घटनामा एकजनाको मृत्य, ३ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । सर्लाहीमा आज बिहान कार आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु र तीन जना घाइते भएका छन् । आज बिहान करिब अढाई बजे ईश्वरपुर नगरपालिका १२ पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगलमा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज […]
भारत र अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता

सामाजिक फीड- जनकपुरधाम, माघ २० गते । भारत र संयुक्त राज्य अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लाग्दै आएको ‘रेसिप्रोकल ट्यारिफ’ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा यस सम्झौताबारे औपचारिक घोषणा गरिएको हो। राष्ट्रपति ट्रम्पले ‘मेड […]
प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत: बालेन

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह(बालेन) ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत रहेको बताएका छन् । उनले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरे । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदातासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । […]
बेवारिसे शव थन्किँदा राजविराज अस्पताल संकटमा

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । लामो समयदेखि बेवारिसे अवस्थामा भेटिएका शबहरुको पहिचान नखुल्दा पोष्टमार्टम हुन नसकेपछि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल गम्भीर समस्यामा परेको छ । बेवारिसे अवस्थामा भेटिएका आठवटा शव अस्पतालको पोष्टमार्टम कक्षमा थन्किएर राखिँदा विद्युत अवरुद्ध भएको बेला दुर्गन्ध फैलिन थालेको छ । सप्तरीका विभिन्न स्थानमा फेला परेका ती बेवारिसे शव […]
मधेसमा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । मधेसमा पहिलोपटक आमाको नामका आधारमा नागरिकता प्रदान गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामको आधारमा अंगीकृत नागरिकता प्रदान गरिएको हो । नेपाल नागरिकता ऐन, २०६३ मा गरिएको दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनले दिएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी र आमा […]
मधेस प्रदेशका निलम्बित सांसदको मुद्दाको पेसी न्यायाधीश पौडेल र कोइरालाको इजलासमा

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको पेसी सुनुवाइका लागि तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा उनको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका जसपा नेपालका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो […]
तीन दिनमा ५२ हजारभन्दा बढीले घट्यो सुनको मूल्य

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । निरन्तर उकालो यात्रामा रहेको सूनको मूल्य पछिल्लो ३ दिनमा ५२ हजारभन्दा बढीले घटेको छ । सुनको मूल्य आज पनि घटेको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा […]
मधेसका एक चौथाइ उम्मेदवार मात्रै ब्याचलर पास, कुन दलका उम्मेदवार कति पढेका ?

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मधेस प्रदेशकोउम्मेदवारहरूमध्ये करिब एक चौथाइले मात्र स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेको पाइएको छ ।फागुन २१ गते हुन लागेको निर्वाचनका लागि मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार २७ जना उम्मेदवार मैदानमा छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार तीमध्ये २६६ […]