विद्यालय जान निस्किएका १२ वर्षीय बालक सात दिनदेखि बेपत्ता

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन्। गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्। विद्यालय समय […]
जनकपुरको ३ सहित ११ वटा निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । जनकपुरका ३ सहित ११ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद सम्झौता बमोजिम समयमै र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिर्ताहरूलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले देशका विभिन्न सरकारी निकाय तथा आयोजना कार्यालयहरूको सिफारिसका आधारमा […]
मधेश प्रदेशका सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव, कुकुरले टोकेका बिरामी बिचल्लीमा

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेशका सबै सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ । यसले कुकुरले टोकेका बिरामी कि त धेरै महँगो उपचार गराउनु परेको छ कि त नसक्नेले उपचारबाटै वञ्चित हुनु परेको छ । मधेश प्रदेशमा विगत चार महिनादेखि सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन् । सरकारले मधेश प्रदेशका ४४ […]
सुत्केरी महिलाको मृत्युपछि जनकपुरधाम प्रादेशिक अस्पतालमा छानबिन समिति गठन

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा २६ वर्षीया सुत्केरी अन्जिना यादवको मृत्यु भएपछि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा बसेको बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने निर्णय गरेको हो। अन्जिनाका पति राधेश्याम यादवले शल्यक्रियामा […]
अहिलेसम्म खुलेन बर्दिवास-सिन्धुली सडकखण्डको चक्काजाम, सरकारी गाडी जलाइयो

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । महोत्तरीमा वन क्षेत्रमा रहेको अवैध वस्तीमा डोजर चलाउने तयारीपछि आन्दोलनमा उत्रिएका स्थानीयले कालापानी क्षेत्रमा सोमबार साँझ पाँचबजेदेखि गरेको चक्काजामले अहिलेसम्म यातायात अवरुद्ध छ। डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै राजमार्ग अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्। राजमार्ग बन्द हुँदा […]
मधेशका आधाभन्दा धेरै किसान आकाशे पानीको सिँचाइको भरमा, धेरैजसो बोरिङ प्रयोगबिहीन

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेश सरकारले सिँचाइ क्षेत्रमा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च गरिरहेको दाबी गरे पनि प्रदेशका आधाभन्दा बढी किसान अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य रहेको पाइएको छ । सरकारको तथ्यांकअनुसार प्रदेशभर करिब ६ लाख २ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ४९ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ भने बाँकी […]
समर्थन फिर्ता लिने चेतावनीपछि झुके मुख्यमन्त्री यादव, नेकपालाई अर्थ मन्त्रालय दिएर आज मन्त्त्रीपरिषद विस्तार गर्दै

सामाजिक फीड– जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बार्गेनिङले ढिलाइ भएको मन्त्रीपरिषद विस्तार आज हुने भएको छ । सत्तारुढ तीन दलबीच भएको सहमति कार्यन्वयन र नेकपालाई अर्थ सहितको मन्त्रालय दिने सहमति पछि आज मन्त्रीपरिषद विस्तार हुन लागेको हो । तीनदलबीच सोमबार भएको १३ बुंदे सहमतिमा हस्ताक्षरपछि आज दिउँसो २ बजे एमालेबाट […]
गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई उनले गरे यस्तो आग्रह

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। यसबारे उनले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराइसकेका छन्। हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा रहेको छ। […]
धनुषा, महोत्तरी र सर्लाहीमा चार लेन सडक विस्तार सुस्त गतिमा, अहिलेसम्म कति पुल र कलभर्ट निर्माण भयो ?

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । धनुषा, महोत्तरी र सर्लाही खण्डमा महेन्द्र राजमार्गलाई चार लेनमा विस्तार गर्ने कामको गति सुस्त देखिएको छ । कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म कुल २४.१५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जबकी विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम […]
नेकपाको झमेलापछि मधेशमा रोकियो मन्त्रीपरिषद् विस्तार, एमालेबाट यी सांसदहरु बन्दैछन् मन्त्री

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । मधेश प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीको बार्गेनिङले मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतवारै नेकपा एमालेबाट थप तीनजना मन्त्री नियुक्त गरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि अन्तिम समयमा रोकिएको थियो । नेकपाले जसरी पनि अर्थ मन्त्रालय नछोड्ने र नपाएको अवस्थामा सरकारलाई दिएको समर्थन नै फिर्ता लिने चेतावनी सहित […]