Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १३ गते ।

जनकपुरका ३ सहित ११ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद सम्झौता बमोजिम समयमै र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिर्ताहरूलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले देशका विभिन्न सरकारी निकाय तथा आयोजना कार्यालयहरूको सिफारिसका आधारमा काममा चरम लापरबाही गर्ने कम्पनीहरूलाई कालोसूचीमा राख्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो। कालोसूचीमा जनकपुरका नाम चलेका निर्माण कम्पनीहर समेत परेका छन्। नेपालकै ठूलो निर्माण कम्पनी श्री रमण कन्स्ट्रक्सन प्रा.लि. लाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुलीस्थित श्री सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिफारिसमा ३ (तीन) वर्षका लागि कालोसूचीमा राखिएको हो।

यो कारबाहीमा रमण कन्स्ट्रक्सनसँगै संयुक्त रूपमा काम गरिरहेको विदेशी साझेदार कम्पनी, भारतको मुम्बई (महाराष्ट्र) स्थित एम एस पटेल इञ्जिनियरिङ्ग लिमिटेड समेत परेका छन्। ठूलो र संवेदनशील मानिएको जलविद्युत तथा सिँचाई डाइभर्सन आयोजनामा लापरबाही र ढिलासुस्ती गरेकै कारण यस समूहलाई कानुन बमोजिमको लामो अवधिको कारबाही व्यहोर्नुपरेको हो।


त्यसैगरी जनकपुरको श्री गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे.भी. लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। जुआइन्त वेंचर मा आबद्ध मुख्य साझेदार कम्पनीहरू श्री गायत्री माँ कन्स्ट्रक्सन प्रा.लि. र श्री समरित कन्स्ट्रक्सन प्रा.लि. दुवै यस कारबाहीमा परेका छन्। इलामस्थित श्री सडक डिभिजन कार्यालयसँग गरिएको खरिद सम्झौता अनुरूपको जिम्मेवारी पूरा नगरेपछि उक्त कार्यालयको सिफारिसमा यो जे.भी. लाई आगामी एक वर्षसम्मका लागि प्रतिबन्ध लगाइएको हो।

सार्वजनिक खरिद ऐनमा व्यवस्था भए बमोजिम यसरी कालोसूचीमा परेका कम्पनी, फर्म तथा उनीहरूका मुख्य सञ्चालकहरूले कारबाहीको तोकिएको अवधिभर नेपालभरका कुनै पनि सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार वा अन्य सार्वजनिक संस्थाहरूले आह्वान गर्ने नयाँ बोलपत्र ९टेन्डर० प्रक्रियामा भाग लिन पाउने छैनन्। राज्यको विकास निर्माण र पूर्वाधारका कार्यमा चरम ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य गर्न र ठेकेदारहरूलाई थप जिम्मेवार बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले यो कदम चालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *