Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १२ गते ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा २६ वर्षीया सुत्केरी अन्जिना यादवको मृत्यु भएपछि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा बसेको बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने निर्णय गरेको हो।

अन्जिनाका पति राधेश्याम यादवले शल्यक्रियामा संलग्न चिकित्सक धीरेन्द्रकुमार साह र श्रेया लक्ष्मी साहको लापर्बाहीका कारण पत्नीको मृत्यु भएको आरोप लगाएका छन्। उनका अनुसार पहिलो शल्यक्रियापछि अन्जिनाले आफूलाई बचाउन आग्रह गरेकी थिइन्। अत्यधिक रक्तस्राव भएपछि दोस्रो शल्यक्रिया गरी पाठेघर निकालिएको थियो, तर अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो।

घटनापछि परिवारजनले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरेका छन्। यता अस्पताल प्रशासनले भने अन्जिनाको स्वास्थ्य अवस्था सुरुदेखि नै जटिल रहेको र उपचारका लागि सबै प्रयास गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *