Samajik Feed – News Portal from Nepal

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री बालेन्द्रको निर्देशन

सामाजिक फीड–जनकपुरधाम, वैशाख ७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिएका हुन् […]

गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै जेनजी मुभमेन्टको दबाब

सामाजिक फीड–जनकपुरधाम, वैशाख ७ गते । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व उत्पन्न गर्ने स्पष्ट उल्लेख गरिएको छ। वक्तव्यमा मन्त्रीकै ओहदामा […]

पेट्रोलियम मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको सरकारलाई आग्रह

सामाजिक फीड–जनकपुरधाम, वैशाख ७ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका लागि सुर्खेत पुगेका उनले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन्। उनले कर्णालीजस्तो विकट भूगोल भएको क्षेत्रमा इन्धनको मूल्य वृद्धि झन् मार […]

अबदेखि अस्पतालहरुमा हप्ताको दुई दिन ओपीडी सेवा बन्द रहने

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ । आज एक विज्ञप्ती जारी गरी शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने मन्त्रालयले जनाएको छ । बिदाका दिन अस्पतालमा बहिरंग (ओपिडी) सेवा बन्द हुन्छ। आकस्मिक तथा अत्यावश्यक सेवाहरू […]

भारत सरकारको सहयोगमा जनशक्ति माविमा ४ करोड १९ लाखको भवन निर्माण सुरु

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित जनशक्ति माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माण कार्य सुरु भएको छ । भवन निर्माण योजनाको शुक्रबार एक कार्यक्रमबीच भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देव सहाय मीना र बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले संयुक्त रूपमा शिलान्यास गरे । नेपाल सरकार र भारत […]

महोत्तरी र सिरहाको सार्वजनिक सवारी साधनमा २० दिनभित्र सीसीटिभी जडान गर्नुपर्ने

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरी र सिरहाले सार्वजनिक सवारीसाधनमा आगामी २० दिनभित्र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ । दुबै जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार प्रशासनले यस्तो निर्देशन दिएको हो । फरक फरक मितिमा बसेको बैठकले लामो तथा छोटो दुरीको सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने निर्णय […]

मधेशमा बारम्बार ट्राफिक नियम उल्लंघन गर्ने ८ जनाको लाइसेन्स निलम्बन गरिदै

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । मधेशमा बारम्बार ट्राफिक नियम उल्लंघन गर्ने ८ जना सवारी चालकको लाइसेन्स निलम्बनको प्रक्रिया सुरु भएको छ । पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीहरुको लाइसेन्स निलम्बन प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मधेस प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले ती […]

धनुषामा खाने तेलको उद्योगमा भीषण आगलागी, १५ करोडको क्षति भएको दाबी

सामाजिक फीड–जनकपुरधाम, वैशाख ४ गते । धनुषामा एक खाने तेलको उद्योगमा भीषण आगलागी भएको छ। मिथिला नगरपालिका-७, ढल्केबरस्थित रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको हो। जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो निभाइएको थियो। आगलागीको कारण भने […]

धनुषामा पुर्ववडाध्यक्ष महतोको शव फेला, सँगै रक्सी खाएका व्यक्तिहरु फरार

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३ गते । धनुषामा एक पुर्ववडाध्यक्ष मृत फेला परेका छन् । सबैला नगरपालिका-१२, का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गणेशमान चारनाथ नगरपालिका-९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा महतोको शव बुधबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । […]

लोकसेवा आयोगले दलित कोटामा गैरदलितलाई पास गरेको भन्दै सिरहाका विद्यार्थीले सर्वोच्चमा दिए मुद्दा

सामाजिक फीड–जनकपुरधाम, वैशाख २ गते । दलित आरक्षण अन्तर्गत गैरदलित उम्मेदवारलाई उत्तीर्ण गराइएको भन्दै सर्वोच्च अदालतमा सिरहाका एकजना विद्यार्थीले मुद्दा दायर गरेका छन् । लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूह, पाँचौं तहको हेल्थ असिस्टेन्ट (एचए) पदको नतिजा विवादमा परेको हो । दलित आरक्षण अन्तर्गत गैरदलित उम्मेदवारलाई उत्तीर्ण गराइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि […]