Samajik Feed – News Portal from Nepal

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । सर्लाहीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको कविलासी नगरपालिका ८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले स्थानीय साइकलयात्री ६५ वर्षीय राम नरेश महतोलाई ठक्क दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय […]

इरान-अमेरिका विवाद : होर्मुज स्ट्रेट खुला राख्न ट्रम्पको अपिल, अस्ट्रेलिया र जापानले गरे अस्वीकार

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । अमेरिका र इजरायलले इरानमाथि आक्रमण तीव्र बनाइरहेका बेला इरानले पनि इजरायल र खाडी क्षेत्रका केही राष्ट्रहरूमाथि प्रतिआक्रमण जारी राखेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता जारी रहे पनि तेहरान युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार नभएको बताएका छन्। उनले विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘होर्मुज स्ट्रेट पुनः […]

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । मध्यपूर्वी तनावका बिच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको दुबईका अधिकारीहरूले बताएका छन् । दुबई मिडियाका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।अमेरिका–इजरायल र इरानबीच फेब्रुअरीको अन्तिमतिर युद्ध सुरू […]

निर्वाचन हारपछि संसदीय राजनीतिबाट टाढिने सीके राउत

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । सीके राउत ले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। जनमत पार्टी का अध्यक्ष राउतले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको बताउँदै अब भने चुनाव नलड्ने बताएका हुन्। यसपटक उनी सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए तर रामजी यादव सँग पराजित भएका थिए। अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी बनेको […]

नेपाली कांग्रेसले समानुपातिक सांसदको लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको निर्णय

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधिसभाका लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीले पाएको २० सिटमध्ये १५ सिट महिलाका लागि र ५ सिट पुरुषका लागि छुट्याइनेछ। क्लस्टर मिलाएर ६ जनालाई आदिवासीरजनजाती, ६ जनालाई खस आर्य, र बाँकी ५ जनालाई थारु, दलित, मधेशी, […]

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासद्वारा चेतावनी

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षासँग सम्बन्धित सामग्री पोस्ट नगर्न आग्रह गरेको छ। दूतावासले जारी गरेको ‘एडभाइजरी-३’ मार्फत वर्तमान सुरक्षा अवस्थासँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा […]

रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष समावेश

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको सूची अन्तिम रूप दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार खसआर्य क्लस्टरबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट […]

समानुपातिक सांसदको सूची आज आयोगमा बुझाउँदै रास्वपा, सरकार गठनमा अझै १० दिन लाग्ने

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बन्नेहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ। साथै नयाँ सरकार गठन हुन भने करिब १० दिन लाग्न सक्ने पार्टीले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्। उनका अनुसार […]

धनुषा १ मा किशोरी साहको उम्मेदवारी खारेज विरुद्धको रिटमा सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । निर्वाचन आयोगले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवर किशोरी साहको उम्मेदवारी खारेज गरेको विरुद्धमा परेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उनले दिएको रिटमा सुनुवाइ हुन लागेको हो ।यसअघि सर्वोच्च अदालततले उम्मेदवारी खारेज गर्नुको कारण […]

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । सर्लाहीमा रात्रिकालिन बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु।प।०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र।२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर […]