Samajik Feed – News Portal from Nepal

मधेसका एक चौथाइ उम्मेदवार मात्रै ब्याचलर पास, कुन दलका उम्मेदवार कति पढेका ?

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मधेस प्रदेशकोउम्मेदवारहरूमध्ये करिब एक चौथाइले मात्र स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेको पाइएको छ ।फागुन २१ गते हुन लागेको निर्वाचनका लागि मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार २७ जना उम्मेदवार मैदानमा छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार तीमध्ये २६६ […]

भारतले नेपाललाई दिने अनुदान बढायो, आफ्नो बजेटमा गर्यो आठ अर्ब भारु विनियोजन

सामाजिक फीड-जकपुरधाम, माघ १८ गते । भारत सरकारले नेपाललाई दिँदै आएको वार्षिक अनुदान रकम बढाएको छ । आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले त्यहाँको संसद्‌मा पेस गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटमा नेपालका लागि गत वर्षभन्दा एक सय करोड थप्दै आठ सय करोड भारु अर्थात १२ अर्ब ८० करोड नेपाली रुपैयाँ विनियोजन गरेको हो […]

सर्लाहीमा ६ महिनामा दुर्घटनामा परेर २९ जनाको मृत्यु

सामाजिक फीड-जकपुरधाम, माघ १८ गते । सर्लाहीमा सवारी दुर्घटनामा परेर चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ । यस्तै, उक्त दुर्घटनामा परेर १९० जना गम्भीर घाइते भएका छन् ।यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । […]

मधेसका सुरक्षा निकाय हाइ एलर्टमा,ड्रोन र सीसी क्यामरामार्फत मतदानस्थलको निगरानी

सामाजिक फीड-जकपुरधाम, माघ १८ गते । प्रतिनिधि सभाको चुनाव नजिकिँदै जाँदा मधेश प्रदेशभर सुरक्षा संयन्त्रलाई हाइ एलर्ट्मा राखिएको छ । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउने उद्देश्यसहित प्रदेशका सबै जिल्लामा व्यापक सुरक्षा योजना लागू गरिएको हो । प्रदेशभर तीन तहको सुरक्षा व्यवस्थासँगै अतिसंवेदनशील मतदानस्थलमा आधुनिक प्रविधि प्रयोग गर्दै ड्रोन र सीसी क्यामरामार्फत […]

सुन प्रतितोला २० हजार पाँच सयले घट्यो

सामाजिक फीड-जनकपुरधाम, माघ १६  गते । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला २० हजार पाँच सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार सोही परिमाणले घटेको हो। बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य […]

महोत्तरीमा लुटपाट र चोरीमा संलग्न गिरोहको पर्दाफास

सामाजिक फीड-जनकपुरधाम, माघ १६  गते । महोत्तरीका विभिन्न स्थानमा लुटपाट, चोरी तथा लागुऔषध कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका–१२ का विशेश्वर सिंहमाथि बुधबार राति धारिलो फलामे हतियार प्रयोग गरी आक्रमण गर्दै मोटरसाइकल र मोबाइल लुट्ने तीन जनालाई प्रहरीले लुटिएको मोटरसाइकलसहित बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आक्रमणमा घाइते […]

एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुन,चाँदी पनि महँगियो

सामाजिक फीड-जनकपुरधाम, माघ १५ गते । नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार उकालो लागिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]

रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटको पेसी तोकियो

सामाजिक फीड-जनकपुरधाम, माघ १५ गते । कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आयोगको निर्णय विरुद्ध दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार चौधरीको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो। यसअघि […]

आमा छोरा हत्या प्रकरणः बुहारी र एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । बारामा एकै परिवारका आमा छोराको हत्या भएको घटनामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी बाराको परवानीपुर गाउँपालिका १ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको […]

मधेस प्रदेशः नक्कली नोटसहित दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । नक्कली नोटसहित रौतहटमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी पर्सौनीका ४२ वर्षीय राकेशकुमार साह र सितामढी सिभवर परिषद् ४ का ३० वर्षीय विक्रमकुमार पासवान रहेको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर […]