Samajik Feed – News Portal from Nepal

जनकपुरधाम उपमहानगरका उपमेयर र कर्मचारीबीचको विवाद उत्कर्षमा, मुद्दामा जाने तयारी

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । जनकपुरधाम उपमहानगरपालिकामा उपमेयर किशोरी साह र कर्मचारीबीचको विवादले कार्यालयको कामकाज नराम्ररी प्रभावित बनेको छ।सोमबार घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो […]

सांसदसहित राजनीतिक पदाधिकारीहरूको स्वकीय सचिवको सुविधा खारेज

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । अन्तरिम सरकारले सांसदसहित राजनीतिक पदाधिकारीहरूलाई उपलब्ध हुँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।खर्च कटौतीका लागि ल्याइएको १२ बुँदे योजनाअन्तर्गत सरकारले स्वकीय सचिवको सुविधा हटाएको हो। प्रतिनिधि सभा विघटन भइसके पनि राष्ट्रिय सभा र प्रदेश सभा भने अझै यथावत् रहेका छन्।फागुन २१ गते हुने निर्वाचनको खर्च व्यवस्थापनको […]

अख्तियारले भन्यो-डा. संगीताबारे मिडियामा आएको कुरा गलत हो, कहाँबाट यस्तो कुरा जन्मियो थाहा छैन

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । डा. संगीता मिश्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको मुद्दा अनुसन्धानको अन्तिम चरणमा रहेको भनी फैलाइएको हल्ला निराधार रहेको आयोगले स्पष्ट पारेको छ । विभिन्न संचारमाध्यममा उनी विरुद्ध मुद्दा दर्ता हुने लगायतका आधार दावी गरिएको समाचारहरुमा कुनै सत्यता नरहेको आयोगका केन्द्रिय प्रवक्ता राजेन्द्र कुमार पौडेल समाजिक फिडलाई बताएका […]

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेका छन्। दुवै बालिका नुहाउने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ९प्रनाउ० जितेन्द्रकुमार बस्नेतले […]

जेनजी आन्दोलनमा जलेकी पर्साकी महिलाको मृत्यु

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । जेनजी आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनको बीच घाइते भएकी एक महिलाको मृत्यु छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा लगाइएका आगोबाट घाइते भएकी महिलाको क्रममा मृत्यु भएको हो ।पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया शोशिला देवी हजराको सोमबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको पर्सा […]

प्रतितोला २ लाख २१ हजार नाघ्यो सुनको भाउ

सामाजिक फीड- जनकपुरधाम, असोज ७ गते । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३,९०० रूपैयाँले बढेको हो। संघका अनुसार सोमबार प्रतितोला २,१७,८०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २,२१,७०० रूपैयाँमा पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार […]

रड र छुरा प्रहार गरी जनकपुरकी एक महिलालाई भारतमा श्रीमानले गरे हत्या, सासु-ससुरा फरार

समाजिक फीडजनकपुरधाम, असोज ७ गते । रड र छुरा प्रहार गरी जनकपुरकी एक महिलालाई भारतमा श्रीमानले गरे हत्या, सासु-ससुरा फरार समाजिक फीड जनकपुरधाम, असोज ७ गते । भारतमा जनकपुरकी एक महिलाको श्रीमानले नै हत्या गरेका छन । जनकपुरका सुनचाँदी व्यवसायी पवन ठाकुरकी ३० वर्षीया छोरी तुलसी ठाकुरलाई उनका पति रजनीश ठाकुरले हत्या गरेका हुन् । […]

सिरहामा अपहरणमा परेका बालक मृत फेला, आफन्तसहित ८ जना छिमेकी पक्राउ

सामाजिक फीड- जनकपुरधाम, असोज ७ गते । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ । जिल्लाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंह मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान घर नजिकै रहेको आँप बगैंचामा उनको शव फेला परेको हो […]

आज मधेस प्रदेशसभा बैठक बस्दै

सामाजिक फीड- जनकपुरधाम, असोज ७ गते । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मधेस प्रदेश सभाको बैठक कक्ष मर्मतपछि आज पुनः बैठक बस्न लागेको छ । बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ। आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेको हललाई मर्मत गरिएको छ भने नयाँ कुर्सीसमेत व्यवस्थापन गरिएको छ।आज […]

जेन–जी आन्दोलनले सर्लाहीमा ६३ करोड ५५ लाखको क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । जेन–जी आन्दोलनका कारण सर्लाहीमा करिब ६३ करोड ५५ लाख बराबरको भौतिक तथा आर्थिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रारम्भिक तथ्यांक अनुसार आन्दोलनकै क्रममा तोडफोड, आगजनी र लुटपाटबाट सरकारी संरचनामा ठूलो क्षति पुगेको हो। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलका अनुसार जिल्लाभर रहेका ७८ वटा सरकारी […]