Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २७ गते ।

निर्वाचन आयोगले आगामी निर्वाचन तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग औपचारिक छलफल सुरु गरेको छ। आयोगको केन्द्रीय कार्यालयमै आजदेखि सुरु भएको उक्त छलफल फागुन २१ गते हुने निर्वाचनका तयारीलाई केन्द्रित छ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, तमलोपा लगायतका दलका प्रतिनिधिहरू सहभागी छन्।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, संवैधानिक निकाय तथा जनप्रतिनिधिहरूले पालना गर्नुपर्ने विभिन्न प्रावधानहरू समावेश गरिएको आयोगले जनाएको छ।

यसपटकको आचारसंहितामा नयाँ व्यवस्था थपिएको छ।सबै दल र उम्मेदवारले आफ्नो चुनावी घोषणापत्र आयोगमा पेश गर्नुपर्नेछ, र प्रत्येक वर्ष त्यसको कार्यान्वयन अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *