सामाजिक फीड
जनकपुरधाम, कार्तिक २८ गते ।
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदले संसदमा उपस्थित भएको हाजिरी लगायतको कागजातमाग गरेका छन् । जसपा नेपालका प्रदेश सांसद सञ्जयकुमार यादव र नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सांसद उर्मिला सिंहले संसदमा हाजरी भएको विगत एक वर्ष यताको हाजिरीको नक्कलसहितको कागजात मागेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिवलाई सम्बोधन गरेर मागिएको सूचनामा सभामुखले पदमुक्त गरेका उर्मिलादेबी सिंह, संजय यादव, मनिष कुमार सुमन, सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवारको प्रदेश सभाको बैठकमा बिगत एक बर्ष देखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्र हरु उपलब्ध गराई दिन माग गरिएको छ ।
सातदलीय गठबन्धनले बिहीबार महाभियोगको प्रस्ताव सभामुख रामचन्द्र मण्डलमाथि लगाएपछि उनले जसपाका चार सहित पाँच सांसदलाई पदमुक्त गरेका थिए ।
निरन्तर सदनको १० वटा बैठकमा अनुपस्थित भएको दाबी सहित जसपा नेपालका सांसदहरूलाई पदमुक्त गरिएको थियो ।