Samajik Feed – News Portal from Nepal

मधेशको जनलोकपाल आयोगमा नियुक्त भएका झा हत्याका अभियुक्त, होटेलमा यौनव्यसाय चलाएको पनि आरोप

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याका अभियुक्त रहेको पाइएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा पुर्पक्षमा जेल सजाय भोगेर साधारण तारेखमा रिहा भएका अभियुक्त हुन्। वडाध्यक्ष यादवको हत्या आरोपमा झासँगै दिलिप मण्डललाई २०८१ कात्तिक ६ गतेका […]

विवाद चर्किएपछि महोत्तरी र सर्लाहीमा रास्वपाको जिल्ला अधिवेशन रोकियो, सिरहामा चुनाव हुँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । विवाद चर्किएपछि महोत्तरी र सर्लाही दुबै जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महोत्तरीमा दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो। शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति […]

जनकपुर सहित मधेश प्रदेशका बजारमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती, स्वास्थ्यमा पार्छ यतिसम्म असर

सामाजिक फीड– जनकपुरधाम, जेठ २२  गते । जनकपुर सहित मधेश प्रदेशका बजारहरुमा व्यापक विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । अहिले व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ। विषादी प्रयोग […]

मधेश प्रदेशमा अत्याधिक गर्मीले विद्यार्थी बेहोस हुने क्रम बढ्दो, आजबाट तीनदिन तातो हावा चल्ने

सामाजिक फीड– जनकपुरधाम, जेठ २२  गते । मधेश प्रदेशका आठवटै जिल्लामा आजबाट तीनदिन तातो हावा चल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, […]

महोत्तरीका १६ जनालाई भारतमा बन्धक बनाइयो, उद्धारका लागि के गर्दैछ सरकार ?

सामाजिक फीड– जनकपुरधाम, जेठ २१  गते । काम गर्न गएका महोत्तरीका १६ जनालाई हरियाणा राज्यमा बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका उनीहरु बन्धक बनेका हुन् । बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् । घटनापछि परिवारको […]

जनकपुर उपमहानगरपालिकाले एक वर्षमा इन्धनमा मात्रै ३ करोड बढी खर्च गर्यो, एक दिनकै ८३ हजार बढी खर्च

सामाजिक फीड– जनकपुरधाम, जेठ २१  गते । जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमा इन्धनमा मात्रै ३ करोड ३ लाख ५ हजार २८५ रुपैयाँ खर्च गरेको पाइएको छ। यसरी औसतमा उपमहानगरपालिकाले इन्धनमा मात्रै दिनको ८३ हजार २८ रुपैयाँभन्दा बढी खर्च गरेको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले उपमहानगरपालिकाले इन्धन खर्चको अभिलेखीकरण र वितरण प्रक्रियामै पनि बदमासी गरेको […]

प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती : ओली

सामाजिक फीड– जनकपुरधाम, जेठ २०  गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिएका हुन। नेपालले कसैको एकइन्च जमिन पनि नमिचेको […]

महोत्तरीको बालक अपहरण प्रकरणका एक आरोपी पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २०  गते । महोत्तरी प्रहरीले बालक अपहरण प्रयासमा संलग्न एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्ने व्यक्ति रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय नवराज अधिकारी हुन्। गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ […]

मधेशमा अधिवेशनमा रास्वपाभित्र विवादै विवाद, कतै कुटाकुट कतै तोडफोड

सामाजिक फीड– जनकपुरधाम, जेठ २०  गते । मधेश प्रदेशमा वडा र पालिकाको अधिवेशनको क्रममा रास्वपाभित्र दर्जनौ ठाउँमा विवाद चर्किएको छ । अधिवेशनको क्रममा प्रदेशका आठवटै जिल्लामा केही ठाउँमा कुटाकुट भएका छन् भने केही ठाउँमा असन्तुष्ट पक्षले तोडफोड गरेको पाइएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत पाएपछि पार्टीभित्र पदाधिकारीमा आकांक्षीको लर्को छ । तर […]

प्रतिनिधिसभा चुनावमा एक सिट पनि नजितेपछि एकताको तयारीमा जसपा र जनमत, यसरी अघि बढ्दैछ आन्तरिक छलफल

सामाजिक फीड– जनकपुरधाम, जेठ १९  गते । गत प्रतिनिधिसभा निर्वाचनमा खाता समेत नखुलेपछि जनता समाजवादी पार्टी ९जसपा० नेपाल र जनमत पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ । एकीकरण सम्भव नभए कम्तीमा कार्यगत एकता गरेर अघि बढ्ने विषयमा दुबै दलबीच आन्तरिक छलफल तीव्र बनेको छ । मधेशमा वैकल्पिक शक्तिको रुपमा संगठित एवं प्रभावशाली हुने उद्देश्यले दुबै दलले […]