Samajik Feed – News Portal from Nepal

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु अघि नै पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा मार्ग प्रसस्त गर्नुपर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा गर्ने घोषणा गरे । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा […]

संसद विघटन विरुद्ध सर्वोच्चमा ५ वटा रिट दायर

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । मंगलबार अदालतमा ५ वटा रिट पेस भएको हो ।वर्तमान सरकार काम चलाऊ रहेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री बनेकी […]

वीरगञ्जमा भन्सार छली गरेर राखेको २ केजीभन्दा बढी सुन र १० केजीभन्दा बढी चाँदी बरामद

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । वीरगञ्जमा भन्सार छली गरेर राखेको २ केजीभन्दा बढी सुन र १० केजीभन्दा बढी चाँदी बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गोदाममा राखेको दुई केजी २५४ ग्राम सुन र १० केजी ३५४ ग्राम चाँदी बरामद गरेको छ । सोमबार विशेष सूचनाका आधारमा […]

एकैदिन ८ हजार रुपैयाँले बढ्यो सुन, चाँदीले पनि तोड्यो रेकर्ड

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै […]

जनकपुरधामको अधिकतम तापक्रम आज ३४ डिग्रीसम्म पुग्ने

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । जनकपुरधामको अधिकतम तापक्रम आज ३४ डिग्री सेल्सियससम्म पुग्ने मौसम विभागले जनाएको छ । मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागका अनुसार डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने छ । […]

स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँसहित एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । सिरहामा स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–१ बनिनिया निवासी ३० वर्षीय राशिन्द्र मण्डल हुन् । सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार आइतबार राति करिब ११ बजे सिरहा नगरपालिका–२०, लकडिगदियानीस्थित प्रहरी चौकीबाट खटिएको गस्ती […]

टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल कतारसँग खेल्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल आज कतारसँग खेल्न लागेको छ । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर सिक्स अन्तर्गतको दोस्रो खेल कतारसँग खेल्दै छ।ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ।नेपालले पहिलो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)लाई […]

मुस्लिम समुदायको पनि सरकारमा सहभागिता सुनिश्चित गर्न माग

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । सरकारमा मुस्लिम समुदायको समावेशी सहभागिता सुनिश्चित गर्न जेनजी मुस्लिम नेपालले माग गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त संस्थाले सुशीला कार्कीको नेतृत्वको सरकारमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व हुनुपर्ने जनाएको छ।मुस्लिम समुदायले जेन–जी आन्दोलनका विविध चरणमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएकाले सरकारमा मुस्लिमको प्रतिनिधित्व अपपरिहार्य रहेको उनीहरुको ठहर छ […]

श्रम शोषण विरुद्ध स्वास्थ्यकर्मी, आठ बुँदे माग पूरा नभए आन्दोलनमा जाने चेतावनी

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । मधेश प्रदेशका निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूले श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।धनुषाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत […]

मधेस प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । रौतहटमा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ । गुजरा नगरपालिका–२, कटानी टोलबाट छुट्टा छुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको हो । शनिबार राति करिब साढे ९ बजेको समयमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले काठमाडौँका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो। […]