Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक  २६ गते ।

मधेस प्रदेशसँग जोडिएको नेपाल-भारत सीमानाका खुलेको छ । भारतको बिहार राज्यमा मतदान सम्पन्न भएपछि सीमानाका खुलेको हो ।

मंगलबार विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएपछि साँझदेखि नै सीमानाका खुलेको जिल्ला प्रशासन कार्यालयहरुलेजनाएको छ ।

विधानसभाको दोस्रो चरणको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका कार्तिक २२ गते साँझ ६ बजेदेखि बन्द गरिएको थियो ।


बिहारमा विधानसभा निर्वाचन अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान रहेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गरिएको थियो ।

यस्तै बन्द भएको नेपाली रेल पुनः सञ्चालनमा आएको छ । महोत्तरीको बिजलपुरादेखि भारतको जयनगरसम्म चल्ने यात्रुवाहक रेल मतदानको कारण सीमानाका बन्द भएपछि बन्द रहेकोमा सीमानाका खुलेपछि पुनः आफ्नो नियमित समयमा सञ्चालन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *