Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।

दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ करिब ७ बजे भएको कार विस्फोटमा आठ जनाको ज्यान गएपछि जाँच मंगलबार बिहानैबाट सुरु गरिएको छ। विस्फोटपछि फोरेन्सिक टोलीले घटनास्थलबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार अनुसन्धानमा संलग्न प्रहरीले भने कि घटनासँग सम्बन्धित चार मुख्य प्रश्न अझै अनुत्तरित छन्।

पहिलो प्रश्न – विस्फोट कसरी भयो ?
दिल्ली प्रहरी प्रमुख सतीश गोल्चाका अनुसार विस्फोटले वरिपरिका सवारी साधनलाई पनि क्षति पुर्‍याएको छ, तर विस्फोटको ठ्याक्कै कारण अझै पत्ता लागेको छैन। यसबारे स्पष्ट विवरण आउन बाँकी छ कि गाडीमा पहिल्यै विस्फोटक पदार्थ राखिएको थियो वा इन्धनरसीएनजी ट्याङ्क विस्फोट भएको थियो। साथै, गाडीमा सवार व्यक्तिहरूलाई यसबारे जानकारी थियो कि थिएन भन्ने पनि अनुत्तरित छ।
दोस्रो प्रश्न – के यो आतंकवादी हमला हो ?
अहिलेसम्म प्रहरीले वा प्रशासनले यसलाई आतंकवादी हमला मान्ने कि नमान्ने भन्ने स्पष्ट जवाफ दिएका छैनन्। फोरेन्सिक साइन्स ल्याबका अधिकारी मोहम्मद वाहिदका अनुसार नमूना परीक्षणको रिपोर्ट आएपछि मात्र केही निश्चित निष्कर्ष निकाल्न सकिनेछ। उत्तरी दिल्लीका डीएसपी राजा बन्थियाले विस्फोटक पदार्थ ऐन र भारतीय दण्ड संहिताका विभिन्न धारामा मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।
तेस्रो प्रश्न – कारको मालिक को हो ?
अहिलेसम्म विस्फोट भएको कारको मालिकको पहिचान खुलेको छैन। कार कहाँबाट आएको थियो र कहाँ जाँदै थियो भन्ने विवरण पनि अनुसन्धान अन्तर्गत छ।
अनुसन्धानकर्ताहरूले गाडीको आवागमन र गतिविधि ट्र्याक गर्न खोजिरहेका छन्। प्रारम्भिक रिपोर्टअनुसार गाडी केही घन्टादेखि त्यही क्षेत्रमा पार्क गरिएको थियो र विस्फोट हुनुअघि बिस्तारै अगाडि बढेको देखिएको थियो, तर यसबारे प्रहरी पुष्टि गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *