Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक  २६ गते ।

मधेश प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका सात राजनीतिक दलले बुधबारदेखि मधेश भवन अगाडि शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।

बुधबार बिहानदेखि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सात दलका नेता, कार्यकर्ता र प्रदेशसभा सदस्यहरू मधेश भवनको २ नम्बर गेट अगाडि धर्नामा बसेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनको विरोधमा सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका थिए। प्रारम्भमा सडक किनारमा बसेर धर्ना सुरु गरे पनि सहभागिता बढ्दै गएपछि आन्दोलनकारीहरूले सडक अवरुद्ध हुनेगरी धर्ना विस्तार गरेका छन्।

यसैबीच, संविधानको धारा १६८९३० बमोजिम नियुक्त मुख्यमन्त्री सरोजकुमार यादव बुधबार बिहान काठमाडौँ प्रस्थान गरेका छन्। उनले आफ्नो सरकार बचाउन नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तयारी गरेको बताइएको छ।

रिट दायर गर्ने सात दलको मुद्दामा सर्वोच्च अदालतले मंगलबार सुनुवाइ गर्दै सरकारलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *