देउवार महामन्त्रीद्वयको वार्ता असफल, महामन्त्रीद्वय निर्वाचन प्रक्रियामा

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख भएको छ । आज विहान भएको वार्तामा पार्टी सभापति शेरबहादुर देउवासँग सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको जानकारी दिँदै महाधिवेशन स्थल पुगेका छन् ।बुधबार बिहान महाराजगन्जस्थित देउवा निवासमा भएको भेटवार्तामा महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। […]
माघ ५ गते जनकपुरधाम आइरहेका बालेनलाई महोत्तरीबाट चुनाव लडन आग्रह

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । मेयरको रुपमा देशमै चर्चित रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई महोत्तरी बाटै लडन नेता तथा कार्यकर्ता तथा आफन्तले आग्रह गरेका छन् ।महोत्तरीको एकडारामा पुर्ख्यौली घर रहेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको रुपमा अगाडि सारेपछि उनलाई महोत्तरीबाट चुनाव लडन उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आग्रह गरेका छन्। आफ्नै […]
गगन-विश्वप्रकाशको अगुवाइमा सुरु संवादले कांग्रेसमा विवाद समाधानको बाटो खोल्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनबाट उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मक रूपमा टुंगिएको हो । छलफलमा सहभागी सभापति देउवा पक्षका नेता रमेश लेखकले पहिलो चरणको छलफल […]
महोत्तरीमा निर्वाचन सुरक्षा कडा : इजाजत प्राप्त सबै हातहतियार प्रहरीलाई बुझाउन निर्देशन

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत लिएर राखिएका सबै हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सबै हातियार अनिवार्य रुपमा बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना निकाल्दै जिल्लाभित्र रहेका सबै हातहतियार धनीलाई सूचना जारी भएको […]
प्रहरीका उच्च अधिकारीसँग पहुँच भएको भन्दै धाकधम्की दिने युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । सर्लाहीमा प्रहरीका उच्च अधिकारीहरूसँग आफ्नो पहुँच रहेको भन्दै धाकधम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ६ बेल्डी टोल बस्ने २९ वर्षीय रमेश गिरी भनिने झन बहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बागमती नगरपालिका १२ कर्मैयास्थित एक होटलमा पुगेर वितण्डा मच्चाएका […]
मधेस प्रदेशः राष्ट्रियसभा सदस्यका सबै उम्मेदवारले पाए चुनाव चिन्ह

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार रहेका ११ जनाले निर्वाचन चिन्ह पाएका छन् । दलीय हिसाबले चार पदका लागि उम्मेदवार रहेका ११ जना उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । महिला समूहमा नेकपा एमालेका रेखा कुमारी झा, नेपाली कम्युनिष्ट पार्टीकी शमी कुमारी अग्रवाल र जनता समाजवादी पार्टी नेपालकी […]
सभापति देउवाले आफू निकटका नेताहरुलाई छलफलका लागि ३ बजे बोलाए

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । नेपाली कांग्रेसका एक समुहले विशेष महाधिवेशन गरिरहेका समय पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । सभापति देउवा यसअघि आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए । देउवाको […]
डोनाल्ड ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ। जनवरी ३ मा अमेरिकाले भेनेजुएला विरुद्ध कारबाही गर्दै […]
मेयर बालेनको राजीनामा दिने तयारी, झापा-५ बाट ओलीलाई चुनौती दिने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। वरिष्ठ नेताको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी […]
जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता, ठाकुर संरक्षक यादव अध्यक्ष हुने

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ ।आइतबार यी दुई मधेशवादी दलबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार दुई दलबीचको एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने जसपा […]