सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो ठूलो पार्टी बन्ने दाबी गरेका छन्।
राँकेबजारमा इलाम र पाँचथरमा आयोजित चुनावी सभामा उनले देशलाई निकास दिन कांग्रेसले जिम्मेवार र पूर्ण नेतृत्व प्रदान गर्ने तयारीमा रहेको बताए।
उनका अनुसार, पहिलो हुने दलले सरकारको नेतृत्व पाउने प्रस्ताव कांग्रेसले अघि सार्नेछ भने दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने व्यवस्था हुनेछ।
शर्माले चुनावमा नयाँ ऊर्जा र योजनासहित पार्टी अघि बढेको बताए।