Samajik Feed – News Portal from Nepal

बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ पानि ट्याङ्की नजिक आइतबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो सिमरा–पथलैया सडक खण्डमा दुर्घटना भएको हो। बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको […]

मधेस सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्न सकेनन्

फाएजा फहमिदाजनकपुरधाम, भदौ १५ गते मधेस सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल बजेटको मात्र ०.०३ प्रतिशत खर्च गरेको छ। यस आर्थिक वर्षका लागि सरकारले पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैयाँ र चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ विनियोजन गरी कूल ४६ अर्ब ९८ करोड […]

पर्सामा हैजा र झाडापखालाको संक्रमण तीव्र,कुल संक्रमित ७८९ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । पर्सामा झाडापखाला र हैजाको प्रकोप दिन प्रतिदिन बढ्दो अवस्थामा छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का अनुसार पछिल्लो २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमितको संख्या ७८९ पुगेको छ। तीमध्ये ६०९ जना उपचारपछि घर फर्किएका छन् भने १८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य […]

मिथिलाञ्चल क्षेत्रमा आज भदैया रैब पर्व मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् । आज बिहानदेखि मिथिला क्षेत्रका गाउँगाउँमा बर्तालु महिलाहरूले घरघरमा ठेकुवा पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् । […]

दशैंका लागी भदौ २९ देखि सुकिला नोट सटही हुने, जनकपुरसहित यी स्थानमा सटही गर्न सकिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । आउँदो दशैंका लागि सुकिला नोट सटही यही भदौ २९ गतेदेखि सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित विभागीय कार्यालयसँगै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज […]

सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ, चाँदी पनि महँगियो

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । शुक्रबार सुनको मूल्यले नयाँ रेकोर्ड कायम गरेको छ। यसअघि साउन २३ गते कायम भएको रेकर्डलाई तीन सातामै तोड्दै, आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ। साउन २३ गते सुनको […]

भ्रष्टाचारको आरोपमा पक्राउ परेका मधेशका सांसद कुशवाहाको निलम्बन फुकुवा

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहाको निलम्बन फुकुवा भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य कुशवाहाको निलम्बन फुकुवा भएको मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई […]

२७ किलो गाँजासहित मोटरसाइकल यात्री पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१४, कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो। बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये ब्लोनलाई प्रहरीले चेकजाँचका क्रममा गाँजासहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक बिरेन्द्र जोहारीका अनुसार, ब्लोनले बोकेको […]

बारामा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीको अवैध सामान बरामद

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । सशस्त्र प्रहरी बल, बाराले भारतबाट तस्करी गरी ल्याइँदै गरेका करिब १० लाख ३२ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै प्रहरीले भदौ १३ गते विभिन्न स्थानमा खटिएको टोलीमार्फत सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो। कलैया उपमहानगरपालिका–६, बरेवामा सशस्त्र प्रहरी सहायक निरीक्षक परमानन्द […]

अब १८ देखि ३५ वर्ष सम्म उमेर भएका लाई युवा मानिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । नेपाल सरकारले युवाको उमेर सीमा संशोधन गर्दै अब १८ वर्षदेखि ३५ वर्षसम्म कायम गर्ने निर्णय गरेको छ। हालै स्वीकृत गरिएको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नयाँ उमेर सीमा लागू हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा युवाको उमेर सीमा १६ वर्षदेखि […]